हङकङमा नेपाली राष्ट्रिय दिवस मनाइयो

  टोपबहादुर याक्खा

२० सेप्टेम्बर, हङकङ– नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा हङकङ नेपाली महासंघले शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गर्यो ।
राष्ट्रिय गानसंगै दीप प्रज्वलन गरेर उद्धघाटन गरिएको कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष जे.बी.ओख्राबु, महासंघका सल्लाहकार तथा सी.एस.टी.एन. प्रोजेक्ट प्रमुख रिता गुरुङ, च्याम्बर्स कमर्सका अध्यक्ष डासुराम पराजुली, चेस सोसाइटीका अध्यक्ष तथा साहित्यकार मोती चाम्लिङ, नेपाली जनसम्पर्क समिति हङकङका सभापती मिन गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । शुभकामना मन्तब्य राख्ने क्रममा वक्ताहरुले सरकारले संविधानमा सबै जातजाती र समुदायहरुलाई समेट्न नसकेको असन्तुष्टि देखि लिएर अहिलेको दुई तिहाईको सरकार आफ्नै श्वार्थमा अल्झिएर जनभावना अनुसार अगाडी बढ्न नसकेको समेत औल्याएका थिए ।
हङकङबासी कवि एवं साहित्य श्रृंखलाको संयोजक सुनिता गिरी, पूर्णिमा शाह र गीता अधिकारीद्धारा कवितातथा गजलहरु समेत वाचन गरिएको कार्यक्रममा संविधान दविसको अवसरमा नेपाल सरकारद्धारा ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ द्धारा सम्मानित हङकङबासी तेक्वान्दो खेलका ग्राण्ड मास्टर तथा परोपकारी संस्था ‘वि विल राईज’ का संस्थापक अध्यक्ष तुल्सि कुमार गुरुङलाई सम्मान समेत गरिएको थियो ।
जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजित कार्यक्रमका सभापति महासंघका अध्यक्ष टंक राना रहेका थिए भने प्रमुख अतिथि नेपाली महावाणिज्यदुताबास हङकङका वाणिज्यदुत किरण कुमार गुरुङ रहेका थिए
नेपाली महावाणिज्यदुताबास हङकङले भने हिजो १९ सेप्टेम्बर २०२० शनिबारका दिन आफ्नै कार्यालयमा राष्ट्रिय दिवस २०७७ मनाएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार