संखुवासभा समाज हङकङद्धारा सिलिचोङ पहिरो पीडितलाई पाँचलाख सहयोग

  टोपबहादुर याक्खा

२३ सेप्टेम्बर, हङकङ— संखुवासभा समाज हङकङद्धारा संखुवासभा जिल्लास्थित सिलिचोङ पहिरो पीडितहरुका लागि एकमुष्ठ ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
बुधबार सिलिचोङ गाउँपालिका–२ बुधबारे बजारमा आयोजित कार्यक्रममा समाजका तर्फबाट संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष एवं बरुण बहुमुखी क्याम्पस प्रमुख टीकाराम गुरुङले सिलिचोङ गाउँपालिका अध्यक्ष तथा पहिरो पीडित राहत संकलन तथा वितरण समितिका संयोजक रामबहादुर कुलुङलाई चेक हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा बरुण बहुमुखी क्याम्पसको तर्फबाट समेत २५ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहाुदर कुलुङ र कार्यपालिका सदस्य तथा जग्गा ब्यबस्थापन समितिका संयोजक नरभूपाल राईले मन्तब्य राख्ने क्रममा देश विदेशबाट संकलित सम्पूर्ण रकम पहिरो पीडितहरुको स्थायी पनुर्बासका लागि खर्च गरिने बताए । हाल पीडितहरुलाई सुरक्षित स्थानमा सार्नका लागि राहत संकलन तथा वितरण र जग्गा ब्यावस्थापन समिति गठन गरेर काम अगाडि बढिसकेको र अबको केही समयपछि नै स्थायी पुर्नबासमा सारिने बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष टिकाराम गुरुङ, सचिव किरण शाक्य, सदस्य एवं हि.मा.वि.का प्र.अ.वीरबहादुर राई (याक्खा) लगायतले जिल्लामा विभिन्न समयमा घट्ने यस प्रकारका घटनाहरुमा संखुवासभा समाज हङकङले सदैव सहयोग गर्दै आएको बताउँदै सहयोग गर्ने सम्पूर्ण हङकङबासी संखुवासभालीहरु प्रति धन्यवाद दिएका थिए । साथै उक्त सहयोग रकमको सहि सदुपयोग गर्न समितिलाई अनुरोध समेत गरेका थिए ।
गत जुलाई ११ शनिबार राति अविरल बर्षाको कारण सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा भिषण पहिरो जादा उक्त गाउँका ११ जना पहिरोमा परि बेपत्ता भएका थिए भने एकजनाको मृत्यु भएको थियो । त्यस्तै गरी पहिरोले ९ घर बगाएको र १ सय ३८ घर विस्थापित भएका छन् ।

सहयोगदाताहरुः

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार