प्रथम याक्खा फोटो प्रतियोगिता सम्पन्न

  टोपबहादुर याक्खा

२६ सेप्टेम्बर, हङकङ— किरात याक्खा जातीको भेषभुषाको संरक्षण तथा सम्बर्धन गर्ने हेतुले आयोजित ‘प्रथम याक्खा फोटो प्रतियोगिता–२०२०’ सम्पन्न भयो ।
“याक्खा सेरोफेरो” रेडियो तथा यु ट्युब कार्यक्रम धरानद्धारा आयोजित उक्त प्रतियोगितामा नेपाल, हङकङ, यू.के. र भारतका गरीका २०२ प्रतियोगीहरुले सहभागिता जनाएको प्रतियोगिताका संयोजक हेनसेन याक्खाले बताइन ।
शनिबार धरानस्थित किरात याक्खा छुम्माको केन्द्रिय भवनमा आयोजित ‘नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम’ मा बोल्दै विशेषतः प्रतियोगीले लगाएको याक्खा जातीको भेषभुषा, फेसबुक पेजमा आएको लाईक र फोटो क्वालिटीलाई आधार बनाएर उत्कृष्ठ मध्येको पनि उत्कृष्ठलाई छानिएको निर्णायक मण्डलका अध्यक्ष समेत रहेका याक्खा भाषा, साहित्य तथा संकृतीविद बम देवानले बताए ।
निर्णायक मण्डलद्धारा ४ विधामा विभाजन गरेर घोषणा गरेको नतिजा अनुसार ओपन तर्फ आशा याक्खा (संखुवासभा) प्रथम, सुष्मा छाला याक्खा (धनकुटा) द्धितिय र सञ्जय याक्खा (धनकुटा) तृतिय भएका थिए । त्यस्तै गरी सान्त्वनामा रुबिना याक्खा (मोरङ) र सुशिला याक्खा (संखुवासभा) भएका छन् भने मस्ट पपुलर तर्फको उपाधी सृजना याक्खा (मोरङ) ले हात पारिन् ।
त्यस्तै गरी सिनियर तर्फ कल्पना लिंखा याक्खा (धनकुटा) प्रथम, ईन्द्रमाया कोङ्रेन याक्खा (संखुवासभा) द्धितिय र भद्रा लिंखा याक्खा (धनकुटा) तृतिय भएका छन् । त्यस्तै गरी सान्त्वनामा नुमा लिंखा याक्खा (धनकुटा) र निर बहादुर ताम्ली याक्खा (धनकुटा) भएका छन् भने मस्ट पपुलर तर्फको उपाधी जुन माया याक्खा (हङकङ) ले हात पारिन् ।
जुनियर तर्फ भने सुनिस्का याक्खा (हङकङ) प्रथम, भैसाली देवान याक्खा (दार्जिलिङ) द्धितिय र ओम्साङ याक्खा (संखुवासभा) तृतिय भए । त्यस्तै गरी सान्त्वना तर्फ समर सोम्याहाङ र श्रीया सोम्याहाङ (संखुवासभा) र जनेक्स कोङ्रेन याक्खा (संखुवासभा) भएका छन् भने मस्ट पपुलरको उपाधी प्रियाङ्का याक्खा (काठमाण्डौं) ले हात पारिन् । कपल तर्फको उपाधी भने जस बहादुुर याक्खा र जय कुमारी याक्खा (संखुवाभा) ले हात पार्न सफल भए ।
किरात याक्खा छुम्मा हङकङ मुख्य प्रायोजक रहेर आयोजना गरिएको उक्त प्रतियोगिताका विजेताहरुलाई प्रथम, द्धितिय र तृतिय हुनेलाई प्रमाणपत्र सहित क्रमशः ५, ४ र ३ हजार रुपैयाँ नगद पुरस्कार तथा सान्त्वना र मस्ट पपुलर विधाका विजेताहरुलाई प्रमाणपत्र सहित २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
देश विदेशमा रहेर याक्खा भाषा, साहित्य, धर्म, संस्कृती, कला लगायतका विभिन्न क्षेत्रमा विशेष योगदान दिदै आएका व्यक्तित्वहरुलाई २० हजार १ सय ११ रुपैयाँ नगद सहित ताम्रपत्रद्धारा ‘याक्खा वर्ष सम्मान’ प्रदान गर्दै आएको किरात याक्खा छुम्मा हङकङको प्रायोजनमा गत वर्ष देखि धरानस्थित रेडियो धरान ८८.८ बाट ‘याक्खा सेरोफेरो’ कार्यक्रम समेत संचालन हुदै आएको छ । उक्त कार्यक्रमलाई देभराज याक्खा र कल्पना लिंखाले संचालन गर्दै आएका छन् ।

Photo by Sanjaya Yakkha

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार