चुनवानमा पहिलो नेपाली रेष्टुरेण्ट संचालनमा

  टोपबहादुर याक्खा

१५ नोभेम्बर, हङकङ– हङकङमा नेपाली समुदायको बाकुलो बसोबास रहेको शहर मध्येको चुनवानमा पहिलो नेपाली रेष्टुरेण्ट ‘रिती रिवाज क्लब’ संचालनमा आएको छ ।
तिहारको साइतलाई लिएर आइतबार औपचारिक रुपमा उद्धघाटन गरिएको उक्त रेष्टुरेण्टको क्षमता ७० देखि ९० जना सम्म अटाउँने संचालक मध्येका एक मचिन बोखिम लिम्बु (म्याक) ले बताए । भेटघाट, मिटिङ तथा स–सानो पार्टी गर्न समेत जोर्डन नै धाउनु पर्ने बाध्यतालाई मध्य नजर गर्दै ६ जनाको संयुक्त लगानीमा उक्त रेष्टुरेण्ट संचालनमा ल्याइएको संचालक विजब बोखिम लिम्बुले बताए ।
विशेष गरी नेपाली ग्राहकहरुलाई टिपिकल नेपाली परिकार खुवाउँने लक्ष्यका साथ संचालनमा ल्याइएको उक्त रेष्टुरेण्टमा नियमित ग्राहकका साथै बुकिङ गरेर, मिटिङ, भेला, बर्थ डे पार्टी, पास्नि लगायत ९० जना सम्मको जुनसुकै पार्टी गर्न सकिने अर्की संचालक लता देवानले बताईन ।
छोटो औपचारिक कार्यक्रमको अध्यक्षता संचालक मध्येका बिजय बोखिम लिम्बुले गरेका थिए भने प्रमुख अतिथिका रुपमा चुनवान प्यारेन्ट्स क्लबका अध्यक्ष आइम्बा लिम्बुले गरेका थिए । कलाकार मौषम लिम्बु ‘फुलन्देको बाउ’ द्धारा संचालित कार्यक्रमका प्रमुख अतिथि, अध्यक्ष, त्यस्तै गरी विशेष अतिथिहरुमा हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकारद्धय प्रदिप थापा र रीता थापा, किरात याक्थुम चुम्लङकी अध्यक्ष अशली वनेम, किरात याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान र संचालकहरु क्रमशः लता देवान, जापान सम्बाहाम्फे, लक्ष्मि गुरुङ, मचिन बोखिम लिम्बु, सर्मिला राई लगायतद्धारा रिबन काटेर उद्धघाटन गरिएको कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तब्य समेत राखेका थिए ।
रिती रिवाज क्लब चुनवानस्थित ९–१४ साइज पेई स्क्वाएर, नगर हाउसको एम फ्लोरमा रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार