हङकङ नेपाली महासंघद्धारा आगोलागीका मृतकहरु प्रति शोकसभा

  टोपबहादुर याक्खा

२२ नोभेम्बर, हङकङ– गत १५ नोभेम्बर, आइतबार साँझ जोर्डन, क्यान्टोन रोडस्थित जिरे खुर्सानी रेष्टुरेण्टको अगोलागीमा परि मृत्यु भएका ८ जना मृतकहरु प्रति हङकङ नेपाली महासंघले शोक सभाको आयोजना सम्पन्न ग-यो ।
याउ मा तई कम्युनिटी हलमा आयोजित उक्त शोक सभा कार्यक्रममा नेपाली महावाणिज्यदूतावासका वाणिज्यदुत किरण कुमार गुरुङ, डी.ए.बी. पार्टीका विभिन्न नेताहरु, लेजिस्लेटिभ काउन्सिलरहरु, होम अफेयर्स डिपार्टमेण्ट, इम्मिग्रेसन डिपार्टमेण्ट, हङकङ प्रहरी, फायर डिपार्टमेण्ट लगायत हङकङ सरकारका विभिन्न डिपार्टमेण्टका प्रतिनिधीहरुका साथै कार्यक्रम सह–संयोजका रुपमा रहेका बाग्लुङ समाज, महासंघमा आबद्ध ३३ वटा विभिन्न संघसंस्थाका प्रतिनिधी, मृतकका आफन्त तथा सयौंको संख्यामा सर्बसाधारणहरुको उपस्थिति रहेको थियो ।
मृतकहरुका सम्झनामा एक मिनेट मौनधारणसंगै शुरु भएको कार्यक्रममा आयोजकका तर्फबाट हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना र हङकङ सरकारको तर्फबाट लेजिस्लेटिभ काउन्सिलरहरु भिन्सन चेनले शोक मन्तब्य राखेका थिए । त्यस लगत्तै आठै जना मृतकका तस्विरहरुमा मृतकका आफन्तहरु संगै उपस्थित सम्पूर्णले पुष्पगच्छा अर्पण गरेका थिए ।
गत बुधबार साँझ नेपाल महावाणिज्यदुतावास, एन.आर.एन.ए. हङकङ, हङकङ नेपाली महासंघ, आदीवासी जनजाती महासंघ, नेपाल च्याम्बर अफ कमर्स र नेपाली वैचारिक महासंघद्धारा समेत संयुक्त रुपमा घटनास्थलमा नै शोकसभाको आयोजना गरेको थियो ।
उक्त घटनामा परि हालसम्म ८ जनाको मृत्यु भइसकेको छ भने १० जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । यसरी मृत्यु हुनेहरुमा युवराज कँडेल, किर्तिका कँडेल, राज बाबु नेपाल, रायन नेपाल, बिनिता तामाङ, अनिता निरौला, शेर बहादुर गुरुङ र सुरेक्षा कँडेल रहेका छन् ।
घटना लगत्तै मृतका परिवार तथा घाइतेहरुको उपचारका लागि हङकङको परोपकारी संस्था सिक सिक युन, पो लुङ कोक, ली का सिं फाउण्डेशन, पोक ओई हस्पिटल लगायत विभिन्न संघसंस्था तथा सरकारमा रहेको डी.ए.बी. पार्टीद्धारा दशौं लाख सहयोग गर्ने प्रतिबद्धता जनाईरहेको सन्दर्भमा हङकङ नेपाली महासंघले आगोलागी पीडित र सहयोग गर्न इच्छुक ब्यक्ति, संघ संस्था तथा हङकङ सरकार बीच पुलका रुपमा आवश्यक समन्वय तथा राहत वितरण कार्यको प्रभावकारिता माथि नियागमन गर्ने महासंघका अध्यक्ष टंक रानाले बताए ।
नेपाली समुदायमा घटेको यो दुःखद घटनामा सरकारी तथा गैरसरकारी सबै पक्षबाट अपेक्षा गरे भन्दा बढी साथ सहयोग प्राप्त भइरहेको छ । अझै पनि महासंघ आगोलागी पीडित परिवारजनहरुको भविश्य उज्वल बनाउँन उनिहरुको रेखदेख, आवास, शिक्षा, श्वास्थ्य, रोजगारी आदीको व्यवस्था सरकारी निकायबाट भइदियोस भन्ने माग विभिन्न सम्बन्धित पक्षहरु समक्ष महासंघका अध्यक्ष टंक रानासंगको सहकार्य तथा समन्वयमा आफुले राखिरहेको महासंघकी सल्लाहकार एवं सी.एस.टी.एन. प्रोजेक्ट प्रमुख रीता गुरुङले बताइन ।
१९९८ मा स्थापित हङकङका संघसंस्थाहरुको छाता संगठनका रुपमा रहेको हङकङ नेपाली महासंघमा हाल विभिन्न ३३ वटा सक्रिय संघसंस्थाहरु आवद्ध रहेका छन् ।

 

Photo feature:

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार