फोरेनर क्लबद्धारा ग्राण्डमास्टर तुल्सि कुमार गुरुङ सम्मानित

  टोपबहादुर याक्खा

२२ नोभेम्बर, हङकङ– फोरेनर हङकङ तेक्वान्दो एसोसिएशनद्धारा २२ औं अपग्रेडिङको अवसर पारेर आइतबार तेक्वान्दो खेलका ग्राण्डमास्टर तथा समाजसेवी तुल्सि कुमार गुरुङलाई सम्मान गर्यो ।
नाम्चुङ कम्युनिटी सेन्टरको हलमा आयोजित उक्त अपग्रेडिङ टेस्टमा २ जना ब्लाक बेल्ट थर्ड डान, ८ जना ब्लाक बेल्ट फष्ट डान तथा ९४ जना कलर बेल्टका खेलाडीहरु सहभागी भएको क्लबका प्रेसिडेन्ट तथा मास्टर उत्तर शेर राईले बताए ।
केही पहिले मात्रै तेक्वान्दो खेलका ग्राण्डमास्टर, हङकङ नेप्लिज तेक्वान्दो एसोसिएशनका प्रेसिडेन्ट तथा परोपकारी संस्था ‘वि विल राईज’ का संस्थापक अध्यक्ष तुल्सि कुमार गुरुङलाई संविधान दिवसको अवसरमा नेपाल सरकारद्धारा ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ द्धारा सम्मान गरिएकोमा फोरेनर क्लबले बधाई सहित सम्मान गरेको क्लबका प्रेसिडेन्ट उत्तर शेर राईले बताए । अपग्रेडिङ टेष्ट संगै आयोजित उक्त सम्मान कार्यक्रममा मास्टर चेतन गुरुङ, होम प्रशाद गुरुङ, मेख गुरुङ, अतिथि किरात राई यायोक्खाका अध्यक्ष हरिचन्द्र राईका साथै तेक्वान्दो खेलाडीहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार