साहित्य श्रृंखलाद्धारा आगोलागीका मृतकहरु प्रति शोकसभा

  टोपबहादुर याक्खा

२९ नोभेम्बर, हङकङ– गत १५ नोभेम्बरको आगोलागी घटनामा परि मृत्यु भएका मृतकहरु प्रति शोकसभाको आयोजिना गर्दै १०० औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डनस्थित नयाँ पेजको कार्यालयमा आयोजित पहिलो चरणको कार्यक्रममा मौनधारणसंगै उक्त घटनामा दिवङ्गत भएकाहरु प्रति समर्पण गर्दै चित्रकार तथा साहित्यकार दीपेन्द्र राईद्धारा चित्रित सुर्यलिजम स्केच तथा आठै जना मृतकहरुको तस्विरमा उपस्थित साहित्यकारहरुद्धारा पुस्पगुच्छा अर्पण गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा उपस्थित साहित्यकारहरु दाजु गुरुङ, गीता अधिकारी, चन्द्र मादेन ‘आन्छन’, रोशन याक्सो, पूर्णिमा शाह, रमण गुरुङ, डी.बी. पालुङवा, लाल बहादुर गुरुङ, आयुषी क्षेत्री, टोप बहादुर याक्खा, डोम राना, सन्ध्या क्षेत्री, मन्जु थापा, नर माया थापा, दीपेन्द्र राई लगायतले घटना तथा मृतकहरु प्रति समर्पित सृजना वाचन तथा शोक मन्तब्य राखेका थिए ।
श्रृंखलाका सह–संयोजक दिपेन्द्र राईद्धारा संचालित कार्यक्रमको अन्त्यमा संयोजक सुनिता गिरीद्धारा घटनाका मृतकहरु प्रति समर्पित सृजना वाचनसंगै उपस्थित सम्पूर्ण साहित्यिक मनहरु प्रति धन्यवाद दिदै आगामी डिसेम्बर महिनामा मनाउँन गइरहको साहित्य श्रृंखलाको वार्षिक कार्यक्रमलाई विशेष बनाउँन हङकङबासी साहित्यकार, बुद्धिजिवी, समाजसेवी तथा पत्रकारहरुलाई उपस्थितिसंगै सहयोगका लागि अपिल गरेकी थिइन ।
गत १५ नोभेम्बर, आइतबार साँझ जोर्डन, क्यान्टोनरोडस्थित जिरे खुर्सानी रेष्टुरेण्टको अगोलागी घटनामा परि ८ जनाको मृत्यु भएको थियो भने घाइते भएका १० जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उक्त घटनाका मृतकहरु प्रति नेपाली महावाणिज्यदुतावास, एन.आर.एन.ए. हङकङ, हङकङ नेपाली महासंघ, आदीवासी जनजाती महासंघ, नेपाल च्याम्बर अफ कमर्स र नेपाली वैचारिक महासंघद्धारा समेत यस अघि शोक सभाको आयोजना गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार