युनाइटेड तेक्वान्दो अकाडेमीले क्रिसमस मनायो

  टोपबहादुर याक्खा

२५ डिसेम्बर, हङकङ– कोरोनाको चौथो लहरका बीच हङकङ सरकारद्धारा लगाइएका विभिन्न नीति नियमहरुको पालना गर्दै युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले क्रिसमस मनायो ।
विगतका वर्षहरुमा क्लब अन्तर्गतका डेढ दर्जन बढी ब्रान्चका इन्स्ट्रक्टर तथा स्टुडेण्टहरु भेला भएर गिफ्ट एक्सचेन्ज, विभिन्न तेक्वान्दो सम्बन्धि कला प्रदर्शन तथा रमाइलो खेलहरु खेलेर मनाउँदै आएकोमा यस पटक कोरोनाका कारण सामाजिक दुरी कायम राख्दै क्लबका प्रेसिडेण्ट र बान्चका ब्लाक बेल्ट ईन्स्ट्रक्टरहरु मात्रै भेला भएर क्रिसमस मनाइएको क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए ।
जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, चिङ यी लगायत हङकङका विभिन्न स्थानहरुमा गरी किड्स क्लास सहित गरेर २३ वटा ब्रान्च रहेको उक्त क्लबमा ४५० बढि स्टुडेण्टहरु रहेका छन् भने हङकङमा आयोजना गरिने विभिन्न स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार