हङकङका नवनियुक्त महावाणिज्यदुतसंग महासंघद्धारा भेटघाट कार्यक्रम

  टोपबहादुर याक्खा

१४ मार्च, हङकङ– हङकङ नेपाली महासंघले हङकङका लागि नवनियुक्त महावाणिज्यदुत उदय बहादुर राना मगरलाई श्वागत तथा भेटघाट कार्यक्रमको आयोजना सम्पन्न गर्यो ।
महासंघका अध्यक्ष टंक रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासंघका सल्लाहकारहरु हेजेन राई, प्रदिप थापा, रिता गुरुङ, डासुराम पराजुली, हेम लिम्बु, हर्क राना, कुल प्रसाद गुरुङ, आदिवासी जनजाती महासंघका अध्यक्ष किसन राई, एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ लगायत महासंघ अन्तर्गतका विभिन्न जातिय तथा क्षेत्रिय संघसंस्थाका अध्यक्ष, हङकङ सरकारका प्रतिनिधी लगायत उपस्थिति विभिन्न व्यक्तित्वहरुले नवनियुक्त महावाणिज्यदुत उदय बहादुर राना मगरलाई श्वागत तथा खदा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका नवनियुक्त महावाणिज्यदुत उदय बहादुर राना मगरले मन्तब्यको क्रममा हङकङका नेपाली संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेर महासंघले धेरै उदाहरणीय कार्यहरु गरेको बताउँदै आफ्नो कार्यकालमा महावाणिज्यदुतावासले महासंघसंग मिलेर नेपालीहरुलाई थप सेवा तथा सुविधाहरु सरल तरिकाले दिन तत्पर रहेको समेत बताए ।
जनजातीहरुको बाहुल्यता रहेको हङकङमा दशकौंदेखि आदिबासी जनजातीमुलका महावाणिज्यदुतको माग हुदै आएकोमा राना मगर पहिलो पल्ट हङकङका लागि जनजाती मुलका महावाणिज्यदुत नियुक्त भएर आएका हुन । आदिवासी जनजाती महासंघ, एन.आर.एन.ए. लगायतका संघसंस्थाहरुले भने यस अघि नै महावाणिज्यदुत राना मगरसंगको भेटघाट कार्यक्रम सम्पन्न गरिसकेको छन् ।
जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा सामाजिक दुरी कायम राख्दै आयोजना गरिएको उक्त कार्यक्रमा कार्यक्रम संचालक समेत रहेका कवि नविन सुहाङ, साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरी, गीता अधिकारी, मोति चाम्लिङ आदीले कविता तथा गजल सुनाएर कार्यक्रमलाई रचनात्मक बनाएका थिए भने गायक कृष्णभक्त महर्जन लगायतले गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक समेत बनाएका थिए ।
नेपाली संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको महासंघले कोरोना कहरका बीच पनि सि.एस.टी.एन. प्रोजेक्ट मार्फत नेपाली समुदायलाई विभिन्न सेवाहरु दिदै आइरहेको छ भने गत १५ नोभेम्बरमा भएको आगोलागि पीडितहरुलाई नैतिक, भौतिक संगै साइनो ग्रुप अन्तर्गत ङो तेङ फोङ च्यारिटेबेल फाउण्डेसनले १३ मार्चका दिन महासंघको रोहबरमा महासंघकै कार्यालयमा एक कार्यक्रमबीच प्रत्येक मृतकका आफन्तलाई ८० हजार हङकङ डलर र घाइते भएकालाई ४० हजार हङकङ डलरका दरले १० लाख हङकङ डलर वितरण गरेको महासंघका सल्लाहकार प्रदिप थापाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार