आदिवासी जनजाति महासंघमा पुनः किसन राई

  टोपबहादुर याक्खा

२ मे, हङकङ– नेपाल आदिवासी जनजाति महासंघ हङकङको आठौं महाधिवेशन मार्फत पुनः किसन राई अध्यक्षमा चयन भएका छन् ।
जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आयोजित महासंघको आठौं महाधिवेशन मार्फत सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मतबाट चयन भएका हुन् । यसरी चयन भएका पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा किसन राई, उपाध्यक्षमा कृष्णराज लावती, महासचिवमा टोपराज तामाङ र कोषाध्यक्ष करुणा प्रधान रहेका छन् ।
नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एन.आर.एन.ए. हङकङकी अध्यक्ष टिका गुरुङ, महासंघका अध्यक्ष टंक राना, चेम्बर्स अफ कमर्शका अध्यक्ष डासुराम पराजुली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
१९९८ मा स्थापित आदिवासी जनजाति महासंघ हङकङमा हाल ११ वटा आदिवासी जनजाति संघसंस्थाहरु आवद्ध रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार