हङकङ नेपाली महासंघद्धारा दातासंगको सहकार्यमा २ सय अक्सिजन कन्सेन्ट्रेटर नेपाल पठाउँदै

  टोपबहादुर याक्खा

२९ मे, हङकङ– हङकङ नेपाली महासंघद्धारा दातृ संस्था ‘सोएर्स एक्शन’ संगको सहकार्यमा तत्काल २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर नपाल पठाउँने भएको छ । शनिबार साँझ मङककस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘हेल्प नेपाल फाइट अगेन्स्ट कोभिड–१९ क्याम्पेन’ की संयोजक रिता गुरुङले उक्त जानकारी गराएकी हुन ।
हाल नेपालमा कोभिड १९ महामारीको रुप फैलिरहेको र अक्सिजनको अभावमा कयौं विरामीहरुले अकालमै ज्यान गुमाईरहेको अवस्थालाई मध्यनजर गर्दै हङकङ पोलिस फोर्सको विशेष समन्वयमा पहिलो फेजको रुपमा हङकङकै दातृ संस्था ‘सोएर्स एक्शन’ बाट प्राप्त हुने दश लिटर क्यापासिटी रहेको २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर तत्काल एयर कार्गो मार्फत नेपाल पठाई हङकङका नेपाली महावाणिज्यदुतसंगको सहकार्यमा देशको ७७ वटै जिल्लाको सरकारी अस्पतालहरुमा वितरण गरिने महासंघकी सल्लाहकार समेत रहेकी क्याम्पेन संयोजक रिता गुरुङले बताइन ।
त्यस्तै गरी दोस्रो फेजमा महावाणिज्यदुतावास मार्फत नेपाल सरकारबाट माग प्राप्त भई आएको अन्य स्वास्थ्य सामाग्रीहरु नेपाल पठाईने र त्यसका लागि महासंघले ‘सोएर्स एक्शन’ संगको सहकार्यमा जुन महिनाको तीसै दिन र ३ सिफ्टमा गरी २४ घण्टा ‘च्यारिटी वाल्क’ गर्ने योजना रहेको बताउँदै उक्त ‘च्यारिटी वाल्क’ मा सहभागी भएर वा स्वयम सेवक बनेर समेत ‘हेल्प नेपाल फाइट अगेन्स्ट कोभिड–१९ क्याम्पेन’ लाई सहयोग गरिदिनु हुन सबैमा क्याम्पेन संयोजक रिता गुरुङले अनुरोध गरिन ।
दाताबाट पहिलो फेजमा २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर प्राप्त भएता पनि तत्कालका लागि एयर कार्गो वापद एउटा अक्सिजन कन्सेन्ट्रेटर नेपाल पठाउँदा हङकङ डलर १५ सय खर्च लाग्ने हुदा मातृभूमि प्रति माया दर्साउने हङकङका संघसंस्था, समाजसेवी, व्यापारी, लगायत हङकङबासी समस्त नेपालीहरुमा महासंघका अध्यक्ष टंक रानाले पत्रकार सम्मेलन मार्फत नै आर्थिक सहयोगको लागि याचना गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार