युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४४ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

  टोपबहादुर याक्खा

खेलाडी तथा ईन्स्ट्रक्टरहरुलाई आफ्नो भनाई राख्दै प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राई

१३ जुन, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४४ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न भयो । कोरोनाका कारण हङकङ सरकारद्धारा लगाइएका विभिन्न नीति नियमहरु पालना गर्दै २ मेदेखि विभिन्न शाखाहरुबाट छुटृाछुटृै शुरु भएको टेष्ट १३ जुन आइतबार वान्चाईस्थित हार्बोर रोड स्पोर्टस सेन्टरमा वानचाई हेडक्वार्टर सहित ६ वटा शाखाहरुको एक साथ सम्पन्न भयो ।
क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा क्लब अन्तर्गत विभिन्न शाखाका १ जना ब्लाक बेल्ट फोर्थ डान, ६ जना ब्लाक बेल्ट थर्ड डान, ११ जना ब्लाक बेल्ट सेकेण्ड डान र ११ जना ब्लाक बेल्ट फष्ट डान सहित २५० जना कलर बेल्टका खेलाडीहरु सहभागी भएका थिए ।
उक्त टेष्टमा खेलाडीहरुले सेल्फ डिफेन्स, उड ब्रेकिङ, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरेका थिए । सोही क्रममा ग्राण्ड मास्टर राईद्धारा क्लबको ४३ औं अपग्रेडिङ टेष्टमा पास भएका ब्लाक बेल्ट फोर्थ डान, थर्ड डान, सेकेण्ड डान र फष्ट डान स्टुडेण्टहरुलाई कुक्कीवान हेडक्वाटरको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए ।
क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर राईले कोरोना कहरका बापजुद पनि हङकङ सरकारले तोकेको विभिन्न नीति नियमहरु पालन गर्दै तेक्वान्दो क्लासहरु निरन्तर संचालन तथा उपस्थित भएर क्लबलाई सहयोग गर्ने इन्स्ट्रक्टर तथा खेलाडीहरुलाई धन्यवाद दिदै भविश्यमा विगतमा झै सम्पूर्ण शाखाका खेलाडी तथा इन्सट्रक्टरहरु एकै ठाउँ भेला भएर सामुहिक टेष्ट लिने अवस्था सृजनामा हुनेमा आफु विश्वस्त रहेको बताएका थिए ।
जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, चिङ यी लगायत हङकङका विभिन्न स्थानहरुमा गरी किड्स क्लास सहित गरेर २१ वटा शाखा रहेको उक्त क्लबमा ३०० बढि स्टुडेण्टहरु रहेका छन् भने हङकङमा आयोजना गरिने स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार