किरात राई यायोक्खा हङकङको ११औं अधिवेशन सम्पन्न

गैंचा सम्बाददाता हङकङ,

२७ जुन २०२१ आईतबार, किरात राई यायोक्खा हङकङको ११औं अधिवेशन सफल्तापूर्बक सम्पन्न भएको छ । संस्थाको आफ्नै भवन सुप्तुलुङ खिममा सम्पन्न उक्त अधिवेशनको खु्ल्ला सत्रलाई संस्थाका अध्यक्ष श्री हरिचन्द्र राईले सभापतित्व गर्नु भएको थियोभने प्रमुख अतिथिमा नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष, विशिष्ट अतिथिमा केन्द्रीय सदस्य, बिशेष अतिथिमा किरात सुनुवार समाज हङकङ, किरात याक्खा छु्म्मा हङकङ, तमु ट्व ह्युल हङकङ, तामाङ घेदुङ संघ हङकङका अध्यक्ष तथा प्रतिनिधि अयोजक संस्थाका सल्लाहकार, संरक्षण समिति लगायत भाषिक संस्थाका अध्यक्षहरूलाई आसनग्रहण गराईएको थियो । अतिथिहरू तथा उपस्थित सबैलाई स्वागत पछि अतिथिहरूबाट शुभकामना मन्तव्य पछि खुल्लासत्र कार्यक्रन समाप भएको थियो ।

दोस्रो चरणको बन्दसत्र कार्यक्रममा आर्थिक प्रतिबेदन, संगठानिक प्रतिबेदन लगायत बिधान सम्सोधन प्रस्ताव माथि छलफल गरि अनुमोदन गरिएको थियो । कार्यक्रमको अन्तिम चरणमा नयाँ कार्य समिति चयनको लागि निर्वाचन कार्यक्रम रहेको थियो । जसमा अध्यक्ष पदको लागि २ जनाको निबेदन परेको थियो । संस्थापन पक्षबाट निवर्तमान उपाध्यक्ष श्रीमति चन्द्रका (माया) राई र प्रत्यासीमा श्री पिताम्बर राईले उदेमवारी दिनु भएको थियो । दुई उमेदवार मध्ये कसैले उमेदवारी फिर्ता नलिएपछि चुनावी प्रकियामा गएको थियो ।

दुई प्रतिस्पर्धी बिच भएको मतदान अनुसार संस्थापन पक्षका उमेदवार श्रीमति चन्द्रका (माया) राईले कुल मध्ये ४८ मत प्राप्त गरेर २५ मतको अन्तरले बिजयी हुनु भएको थियो भने प्रत्यासी उमेदवार श्री पिताम्बर राईले २३ मत प्राप्त गर्नु भएको थियो । कुल झरेको ७३ मत मध्ये १ मत रद्द भएको थियो ।

किरात राई यायोक्खा हङकङको ११औं अधिवेशनबाट श्रीमति चन्द्रका राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । जसमा प्रथम उपाध्यक्षश्री गजेन्द्र राई, महासचिवश्री गंगाराम राई, सचिवश्री राजेन्द्र राई, सहसचिव- शिब कुमार राई, कोषाध्यक्षश्री मणीराज राई, सहकोषाध्यक्षश्री दिनेश कुमार राई र सदस्यहरूमाश्रीमति पबित्र चाम्लिङ राई, श्रीमति पबित्रा बान्तावा राई, श्री रामचन्द्र राई, श्री बिष्णु कुमार राई, श्री भिम प्रसाद राई रहनु भएको छ, बाँकी रहेको २ सदस्यहरूको पद समितिको पहिलो बैठकले पूर्ति गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार