राजनीतिक अस्थिरताको कारण, अदालतको फैसला हो ?…..

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले सरकारी पक्षको बहस र लिखित जवाफमाथि प्रश्न उठाएका छन् । सरकारी पक्षले लिखित जवाफमा र बहसका क्रममा राजनीतिक अस्थिरताको कारण अदालतका फैसला भएका टिप्पणी गरेपछि न्यायाधीश खतिवडाले बहसका आएका नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई यस्तो जिज्ञासा राखेका हुन् । प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको निर्णय, प्रतिनिधिसभा विघटनको निर्णय र प्रतिनिधिसभा विघटन सिफारिस गर्ने प्रधानमन्त्रीको कदमको बचाउमा सोमबार बहसमा आएका नायब महान्यायाधिवक्ता पाण्डेयले भारतमा संसद् विघटनले स्थिरता ल्याएको तर्क गरेका थिए । नेपालमा पनि राजनीतिक स्थिरता ल्याउनका लागि गरिएको संसद् विघटन अदालतले स्वीकार गर्नुपर्ने जिकिर गरे । त्यसपछि न्यायाधीश खतिवडाले भने, ‘भारतभन्दा हामी रिभर्समा गइरहेका छौं । नेपालमा २०५२ मा विघटन भयो अदालतले बदर गर्‍यो । त्यसपछि पनि विघटन भए । स्थायित्व त कहिल्यै भएन । सरकार त पटक पटक परिवर्तन भयो । भारतमा संसद् विघटनले राजनीतिक स्थिरता ल्याएको तर नेपालमा अस्थिरता ल्याएको परिस्थितिलाई कसरी हेर्ने भनेर पनि न्यायाधीश खतिवडाले सोधेका थिए । ‘यो सबै राजनीतिक अस्थिरताको एकमात्र कारण अदालतको फैसला हो भन्ने ढंगबाट लिखित जवाफ पनि आए र बहसमा पनि कुरा आयो, त्यै शब्दमा व्यक्त नभएपनि,’ उनले प्रश्न गरे, ‘राजनीतिक अस्थिरता को एकमात्र कारण अदालतको फैसला मात्र हो कि अरु पनि छन् ? न्यायाधीश खतिवडाको उक्त प्रश्नपछि पाण्डेयले राजनीतिक अस्थिरताको एकमात्र कारण अदालतका फैसला नभएको बताए । उनले राजनीतिक अस्थिरताका धेरै कारणमध्ये एक अदालतका फैसला भएको बताए । संवैधानिक इजलासमा प्रतिनिधसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार