हङकङमा साकेला उधौंली र चासोक तङनामको रौनाक

  टोपबहादुर याक्खा

२६ डिसेम्बर, हङकङ – किरातहरुको महान चाड उधौलीको अवसरमा किरात राई यायोक्खा हङकङद्धारा चुला र प्रकृती पूजाका साथै धुमधामका साथ शिली नाँचेर साकेला उधौली मनायो ।
यायोक्खाको आफ्नै सुप्तुलुङ खिम (सामुहिक चुला घर¬) मा विधि पूर्वक सामुहिक चुला पूजा गरी शुरु भएको साकेला उधौली चाड २६ डिसेम्बर, सोमबारका दिन ताईतोङस्थित ह्याप्पि गार्डेनमा विशाल जनसहभागिताका बीच औपचारिक कार्यक्रम तथा साकेला शिली नृत्य प्रदर्शन गर्दै सम्पन्न भयो ।
यायोक्खाका सचिव राजेन्द्र राईद्धारा संचालन गरिएको छोटो औपचारिक कार्यक्रममा यायोक्खाका अध्यक्ष चन्द्रका राई, प्रमुख अतिथि नेपाली आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष टोपराज तामाङका साथै विशेष अतिथिहरु किरात याक्खा छुम्मा हङकङका अध्यक्ष टोपबहादुर याक्खा, तमु ट्हो ह्युल हङकङका अध्यक्ष विजय कुमार गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ लगायतले साकेला उधौलीको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
शिली माक्पा र शिली माङमको नेतृत्वमा किराती भेषभूषामा सजिएका किराती चेली तथा युवाहरु ढोल, झ्याम्टा बजाउँदै विभिन्न शिली टिपेर नाचिरहँदा उपस्थित अन्य जातजातिका नेपाली तथा स्थानिय चाइनिजहरु समेत बीचबीचमा घुसेर नाच्नुका साथै फोटो तथा भिडियो खिच्नमा व्यस्त देखिन्थे ।
प्रकृती पूजक किरातहरुको महान चाड (उधौली र उभौली) लाई स्थापनाकाल देखि नै यायोक्खा हङकङले उधौली र उभौलीको अवसरमा वर्षको दुई पटक मनाउँदै आएको छ ।
कार्यक्रममा प्रमुख कुबिमीहरुलाई सम्मान गर्नुका साथै यायोक्खाद्धारा सम्पन्न तेस्रो अन्तरभाषिक व्याडमिन्तन प्रतियोगिताका विजेताहरुलाई पदक तथा पुरस्कारहरु समेत प्रदान गरिएको थियो ।

चासोक तङनाम

त्यस्तै गरी हङकङबासी किरात लिम्बुहरुको संस्था किरात याक्थुम चुम्लुङ हङकङले समेत २५ डिसेम्बरका दिन औपचारिक कार्यक्रम संगै केलाङ नाँच, धान नाँच तथा विविन्न सांस्कृतिक कार्यक्रमहरुका साथ चासोक तङनाम (येले तङबे ५०८३) चुनमुन, स्यू लाम चिङस्थित बी.बी.क्यू. स्पोटमा धुमधामका साथ मनायो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार