नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी कुमार गुरुङ

  टोपबहादुर याक्खा

११ जुलाई, हङकङ– नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी कुमार गुरुङ निर्वाचित भएका छन् ।
आइतबार जोर्डनस्थित याक एण्ड यती रेष्टुरेण्टमा सम्पन्न समितिको बाह्रौ अधिवेशन मार्फत ९७ मत सहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । सभापतीकै अर्का प्रत्यासी गोविन रानाले ७३ मत प्राप्त गरेका थिए ।
त्यस्तै गरी समितिमा निर्विरोध चयन भएका पदाधिकारीहरुमा क्रमशः उपसभापतिमा डा.श्रद्धा खड्का र नविन सुहाङ लिम्बु, महामन्त्रीमा शैलेन्द्र बोगटी र भविन लिम्बु, सहमहामन्त्रीमा शरण शेरचन र किरण थुलुङ तथा सदस्यहरुमा सन्तोष गुरुङ, उपेन्द्र विश्वकर्मा, तुरन गुरुङ, अशोक राना, सेसाहाङ थुलुङ राई, दीपा गुरुङ, राकेश न्यौपाने (तिर्थराज) र हरि थापा (खेम) रहेका छन् ।

बज्र कुमार राईको सहयोगमा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार