बगैंचा लिमिटेडको भेटघाट तथा जानकारी सभा सम्पन्न

  टोपबहादुर याक्खा

८ अगष्ट, हङकङ– बगैंचा लिमिटेड हङकङद्धारा सेयर होल्डरहरु बीच एक आपसमा भेटघाट तथा जानकारी सभा सम्पन्न गर्यो ।
आइतबार दिउसो जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित उक्त कार्यक्रममा संचालक समितिका निर्देशक धिरज कुमार राईले सेयर होल्डरहरु माझ बगैचा रेष्टुरेण्टको वस्तुस्थितिका बारेमा जानकारी दिदै भविश्यका योजनाहरु बताएका थिए भने अन्य संचालक समितिका पदाधिकारी तथा सेयर होल्डरहरुले पनि बगैचा रेष्टुरेण्टलाई के–कसरी व्यापारमुखी बनाउँदै अगाडी बढाउँने भन्ने सम्बन्धमा आ–आफ्ना तर्कहरु प्रस्तुत गरेका थिए ।
५० जना सेयर होल्डरहरुको संयुक्त लगानीमा २०१६ मा खुलेको बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले कोरोना कहरका बीच पनि निरन्तर आफ्ना ग्राहकहरु सेवा दिदै आएको छ । विभिन्न पार्टीहरुका लागि १२० जना सिट क्षमताको बगैचाले हाल हप्ताको सातै दिन बिहानको ११ बजेदेखि बेलुकीको ९ बजे सम्म हङकङ डलर ६० मा बफेट लन्च तथा डिनर सहित विभिन्न आकर्षक प्याकेजहरु ग्राहकहरु माझ ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार