हङकङको जनजाति महासंघले मनायो २७ औं विश्व आदिवासी दिवस

  टोपबहादुर याक्खा

९ अगष्ट, हङकङ– २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाली आदिवासी जनजाति महासंघ हङकङले ‘हङकङका नेपाली आदिवासी जनजाति र दायित्व’ शिर्षकमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गर्यो ।
जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा महासंघका अध्यक्ष किसन राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगर रहेका थिए ।
महासंघमा आवद्ध ११ वटा जातिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुद्धारा आफ्नो संस्थाको परिचय राखे संगै महासंघका संरक्षक भुपेन्द्र चेम्जोङ, सल्लाहकारहरु हेजेन राई, नेत्र पहराई, हेम लिम्बु, डम्बरजित गुरुङ लगायतले आफ्ना भनाईहरु राखेका थिए ।
महासंघले हङकङमा वर्षौ सम्म गरेको आन्दोलनको फल स्वरुप पहिलो पटक जनजाति मुलको महावाणिज्यदुत ल्याउँन सफल भएको भन्दै हङकङबासी जनजातिहरुले आफ्नो हक, हित र अधिकारका लागि ४ घण्टाको बाटोमा रहेको काठमाण्डौंलाई निरन्तर दबाब दिइरहनु पर्नेमा महासंघका संरक्षक भुपेन्द्र चेम्जोङले जोड दिए । त्यस्तै गरी सल्लाहकार हेजेन राईले अहिले जातजातिको कुरा गर्न साथ यसले साम्प्रदायिकता भाड्न खोज्यो भन्ने आरोप लाग्ने गरेको भन्दै हामी आफ्नो हक, हित र आधिकारका लागि जातिय कुरा गर्छौ तर कदापी साम्प्रदायिकता भाड्काउदैनौं भनेर बुझाउँन सक्नु पर्ने बताए । त्यस्तै गरी नेत्र पहराई, हेम लिम्बु, डम्बरजित गुरुङ लगायतले उच्च शिक्षा, सरकारी उच्च तहको जागिर संगै राजनैतिक क्षेत्रमा समेत सन्तुलित पहुचवाला नभए सम्म हामी जनजातिहरु सधै पछाडी परिरहने धारणा राखेका थिए ।
प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगरद्धारा समग्र कार्यक्रमबारे टिप्पणी राख्दै महासंघलाई आफूसंग आवद्ध संघसंस्थाहरुसंग समन्वय गरेर हङकङमा बसोबास गरिरहेका जनजातिहरुको जन गणना गर्नुका साथै दोस्रो पुस्ताका युवाहरुलाई समेत जातिय संघसंस्थाहरुमा आवद्ध गराई विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर संघसंस्थाहरुलाई सक्रिय बनाई राख्न अनुरोध गरेका थिए ।

महासंघका उपाध्यक्ष कृष्णराज लावतीद्धारा संचालन गरिएको कार्यक्रममा सभापति किसन राईद्धारा कार्यक्रमा उठेका महत्वपूर्ण भनाईहरुलाई बुद्धागत रुपमा टिपोट गरी महासंघमा आवद्ध संघसंस्थाहरुमा सम्प्रेशण गर्ने बताएका थिए ।
कोरोनाका कारण यो पटक अन्तरक्रियामा समिति भएता पनि विगतमा भने महासंघले विभिन्न जातिय झाँकीहरु प्रदर्शन गर्दै हार्सोल्लासका साथ विश्व आदिवासी दिवस मनाउँदै आएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार