१०४ औं साहित्य श्रृंखला मुक्तक विशेष

  टोपबहादुर याक्खा

२९ अगष्ट, हङकङ– काव्य विधा अन्तर्गत लोकप्रिय मुक्तक लेखन सम्बन्धि अन्तरक्रिया, वाचन तथा समीक्षा गर्दै १०४ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रृंखलाका संस्थापक संयोजक तथा सल्लाहकार चन्द्र मादेन ‘आन्छन’ ले मुक्तकको छोटो परिचय सहित श्वागत मन्तव्य राखेका थिए ।
त्यस्तै गरी कार्यक्रम संचालिका तथा श्रृंखलाकी सह–संयोजक गीता अधिकारीले मुक्तक लेखन सम्बन्धि आफ्ना भनाईहरु राख्दै केही मुक्तकहरु वाचन गरेकी थिइन भने कार्यक्रममा उपस्थित अन्य कवि तथा साहित्यकारहरु सुनिता गिरी, बलबहादुर थापा, डोम राना, ईन्द्र राना, सन्ध्या क्षेत्री, नारायण भण्डारी, लालबहादुर गुरुङ, रोशन याक्सो, अरुणा शर्मा लगायतले मुक्तक तथा कविताहरु वाचन गरेका थिए । गायीका बिन्नि लामाले भने विगतका श्रृंखलाहरुमा झै गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएकी थिइन ।
सोही क्रममा श्रृंखलाकी सल्लाहकार तथा पूर्व सह–संयोजक पूर्णिमा शाहले निक्कै मिहनेत गरेर तयार पारेको आकर्षक चित्र सहित सोही चित्र सम्बन्धि सृजना वाचन गरेकी थिइन भने श्रृंखलाका संरक्षक दाजु गुरुङले मृक्तकको परिचय र लेखन सम्बन्धि महत्वपूर्ण भनाई संगै समग्र कार्यक्रमको बारेमा टिप्पणी राखेका थिए ।
जोर्डनस्थित नयाँपेजको कार्यालयमा आयोजित कार्यक्रममा हङकङ नेपाली महासंघद्धारा श्रृंखला परिवारलाई सौजन्य प्राप्त फेस मास्कहरु समेत संयोजक रमण गुरुङद्धारा उपस्थित साहित्यकारहरुलाई वितरण गरिएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि हङकङ साहित्यिक साझा श्रृंखलाले विगत ९ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा संगै विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको श्रृंखला परिवारले आगामी २६ सेप्टेम्बर २०२१, आइतबारका दिन सिङमुन ड्याम एरियामा १०५ औं श्रृंखला विशेष हाइकिङ संगै सृजना वाचन समेत गर्ने योजना बनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार