‘निशाना सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’ को ‘११औं वार्षिक साधारणसभा’ सम्पन्न, १५ प्रतिशत लाभंश बितरण

बगैंचा डटकम हङकङ,

१९ सेप्टेम्बर २०२१ आईतबार निशाना सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडतथा सहकारीमा आवद्ध भातृ संस्था निशाना पावर ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेडसहित सामूहिक रूपमा ११औं वार्षिक साधारणसभासम्पन्न भएको छ । जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेसमा सम्पन्न उक्त साधारणसभालाई संस्थाका अध्यक्ष गंगाराम राईले सभापतित्व गर्नु भएको थियो ।

निशाना ईन्भेष्टमेन्टका सदस्य नरेश सुनुवारबाट सभामा उपस्थित सबैलाई सम्बोधन गर्दै दिएको स्वागत मन्तब्यसँगै कार्यक्रमलाई अगाडि बढाईएको थयो । समितिका सचिव तथा कार्यक्रम संचालक दुर्गा प्रसाद राईले निशाना सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको वार्षिक प्रतिवेदन तथा भावि योजना प्रश्तुत गर्नु भएको थियो । त्यसैगरि समितिका कोषाध्यक्ष उत्रशेर राईले संस्थाको कुल आयब्यय, नाफाघाटा लगायतको सम्पूर्ण बिबरण सहित आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

सभामा प्रश्तुत बार्षिक तथा आर्थिक प्रतिवेदनप्रति कुनै जिज्ञासा वा प्रश्नको लागि केही मिनेट समय दिईएको थियो । सभाहलबाट कुनै जिज्ञासा तथा प्रश्न नआए पछि सहमति जनाउँदै एकसाथ तालि बजाएर प्रतिवेदन पारित गरिएको थियो ।

हङकङमा रहेका अधिकांस शेयरधनीहरूको उपस्थिति रहेको सो साधारण सभामा निशाना पावर ईन्भेष्टमेण्टका अध्यक्ष हरिचन्द्र राईले निशाना पावर ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेडको उद्देश्य, लक्ष्य, भावि योजना र कार्यक्रमको बारेमा संक्षिप्त जानकारि दिनु भएको थियो ।

तत पश्चात कोषाध्यक्ष उत्रशेर राई र सह कोषाध्यक्ष जसमनि राईले संयुक्त रूपमा शेयधनीहरूलाई लाभंश सहित शेयर धनी प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा सभाध्यक्ष गंगाराम राईले सभालाई सम्बोधन र स्वागत गर्दै स्थापनाकालदेखि हालसम्म निरन्तर साथ सहयोग दिनुहुने संस्थापक सदस्यहरू, कार्य समितिका पदाधिकारीहरु, कर्मचारी र शेयरधनीहरूलाई एकमुष्ट हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । र, अगामी दिनहरूमा पनि निरन्तर साथ सहयोग दिएर संस्थालाई सफल्तापूर्बक अगाडि बढ्न मदत गर्न अनुरोध गर्दै पहिलो चरणको औपचारिक कार्यक्रमलाई समापन गर्नु भयो ।

दोस्रो चरणमा जलपान र रात्रिभोज सहित रमाईलो नगद चिठ्ठा तथा मनोरन्जन गरि सभा समापन गरिएको थियो ।

आर्थिक वर्ष ०७७÷०७८ मा यस संस्थाले आर्जन गरेको खुद मुनाफाको आधारमा शेयरधनीहरूलाई १५ प्रतिशतको दरले लाभंश बितरण गर्न सफल भएको छ ।

स्थापनाकालदेखि काठमाण्डौमा सम्पन्न गरिंदै आएको वार्षिक साधारण सभा गतवर्ष १०औं वार्षिक साधारण सभा र यस बर्षको ११औं वार्षिक साधारण सभा हङकङमा सम्पन्न गरेको छ ।

बि.. २०६७ चैत्र १४ गते डिभिजन कार्यलय, काठमाण्डैमा बिधिवत रूपमा दर्ता भई संचालन हुँदै अईरहेको निशाना सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको कार्यालय काठमान्डौ वडा नं. ९ भिमसेनगोलामा रहेको छ ।

संस्थाको आफ्नै भवन नभएको हुँदा घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ र आगामी ५ वर्षभित्र आफ्नै भवन निर्माण गरी कारोवार सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

हाल संस्था सञ्चालनको लागि काठमाण्डौं स्थित कार्यलयमा प्रबन्ध निर्देशक, कर्जा प्रमुख, लेखापाल, सहायक लेखापाल, जनसम्पर्क प्रतिनिधि, कार्यालय सहयोगी१ गरि ६ जना कर्मचारीद्वरा कार्य सञ्चालन गर्दै आएको छ ।

संस्था स्थापना हुँदा काठमान्डौ महानगरपालिका वडा ९, १० र ३१ मात्र संस्थाको कार्यक्षेत्र रहेकोमा संस्थाको कार्यक्षेत्र विस्तार गरी काठमाडौं महानगरपालिका भरी कार्यक्षेत्र विस्तार गरिएको र काठमाण्डौं जिल्लाभरीको लागि कार्यक्षेत्र विस्तार गर्दै क्रमिकरूपमा अरु जिल्लाहरू विस्तार गर्दै जाने योजना रहेको संस्थाका अध्यक्ष गंगाराम राई र प्रबन्ध निर्देशक प्रकाश राईले बताउनु भयो

Photo by: Shyam Sunuwar

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार