हङकङ नेपाली महासंघद्धारा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना

  टोपबहादुर याक्खा

१० अक्टुबर, हङकङ– विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा हङकङ नेपाली महासंघद्धारा भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना सम्पन्न गर्यो ।
हङकङका लागि नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष टंक रानाले गरेका थिए ।
महासंघका महासचिव नविन सुहाङद्धारा संचालन गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि उदय बहादुर राना मगर, सभापति टंक राना, एन.आर.एन.ए.का अध्यक्ष गोकर्ण ढकाल, आदिवासी जनजाति महासंघका उपाध्यक्षमा कृष्णराज लावती, च्याम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, महासंघका सल्लाहकारहरु हेजेन राई, प्रदिप थापा, रिता गुरुङ, हेम लिम्बु, हर्क राना लगायत कार्यक्रममा उपस्थित महासंघ अन्तर्गतका विभिन्न जातिय तथा क्षेत्रिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुद्धारा एक–आपसमा शुभकामना आदनप्रदान गरिएको थियो । सोही क्रममा गत हप्ता मात्रै मगर संघ हङकङको अध्यक्षमा निर्वाचित महासंघका सल्लाहकार समेत रहेका हर्क रानालाई महासंघ तथा उपस्थित संघसंस्थाको तर्फबाट खदा लगाएर सम्मान समेत गरिएको थियो ।
जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि, सभापति लगायत विशेष अतिथिहरुद्धारा पानसमा वत्ति बालेर कार्यक्रमको समुद्धघाटन गरेसंगै महासंघको अफिसियल्लि वेवसाइट डब्लुडब्लुडब्लु डट एचकेएनएफ डट ओआरजी (www.hknf.org) को समेत उद्धघाटन गरिएको थियो ।
नेपाली संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको महासंघले सि.एस.टी.एन. प्रोजेक्ट मार्फत नेपाली समुदायलाई विभिन्न सेवाहरु दिदै आउनुका साथै नेपाली समुदायका विभिन्न समस्याहरु हङकङ सरकारमा राख्दै निरोपण समेत गर्दै आइरहेको छ भने केही पहिले नेपालमा आएको कोरोनाको दोस्रो लहरले ठूलो जनधनको क्षति भइरहदा देशका ७७ वटै जिल्लाहरुमा ठूलो परिमाणमा अक्सिजन कन्सन्ट्रटेर लगायत स्वास्थ्य सामाग्रिहरु आफैले ढुवानी गरेर वितरण समेत गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार