बालबालिकाहरुको सातौं तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

  टोपबहादुर याक्खा

१६ अक्टुबर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका ४ दर्जन बढि बालबालिकाहरुको सातौं बेल्ट अपग्रेडिङ्ग टेष्ट जोर्डन स्थित काउलुन पार्क स्पोर्टस सेन्टरमा सम्पन्न भयो ।
क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त बेल्ट अपग्रेडिङ टेष्टमा कलर बेल्टका ४ दर्जन बढि प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण्टहरुले पुम्सेइका साथै सेल्फ डिफेन्स, किकिङ पावर, पन्चिङ पावर, ब्लकिङ, उड ब्रोकन लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरेका थिए ।
बेल्ट अपग्रेडिङ टेष्ट सम्पन्न भएसंगै उत्तिर्ण प्रशिक्षार्थीहरुलाई ग्राण्ड मास्टर राईद्धारा बेल्ट तथा सर्टिफिकेट वितरण गर्दै कोभिड–१९ को बीच पनि हङकङ सरकारले लगाएका सोसियल डिस्टान्सिङका कडा नियम कानुनहरु पलना गर्दै तेक्वान्दो सिकिरहेका स–साना बालबालिका, सिकाउने प्रशिक्षक तथा समय दिने अविभावकहरुलाई बधाई संगै धन्यवाद दिएका थिए । यहाँ क्लासमा आएर शारीरिक व्यायम तथा सेल्फ डिफेन्स संगै अनुशासित बन्न र साथीहरुसंग हेलमेल तथा मेलमिलाप गर्न समेत सिक्ने हुदा हरेक अविभावकहरुले आफ्ना नानीबाबुहरुलाई खेल क्षेत्रमा लाग्न उत्प्रेरित गर्नु पर्नेमा ग्राण्ड मास्टर राईले जोड दिए ।
जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, चिङ यी लगायत हङकङका विभिन्न स्थानहरुमा गरी किड्स क्लास सहित दुई दर्जन बढि ब्रान्च रहेको यस क्लबमा ४५० बढि स्टुडेण्टहरुले प्रशिक्षण लिइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार