युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४५ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

  टोपबहादुर याक्खा

२४ अक्टोबर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४५ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न भयो । कोरोनाका कारण हङकङ सरकारद्धारा लगाइएका सोसियल डिस्ट्यान्सिङ सम्बन्धि नियमहरुको कारण ५ सेप्टेम्बर देखि १६ अक्टोबर सम्म विभिन्न ब्रान्चहरुको बेल्ट अपग्रेडिङ टेष्ट अलग–अगल गर्नु परेको क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए ।
क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा क्लब अन्तर्गत जोर्डन किड्स ब्रान्च सहित २० वटा ब्रान्चका २ जना ब्लाक बेल्ट थर्ड डान, ३ जना ब्लाक बेल्ट सेकेण्ड डान र १० जना ब्लाक बेल्ट फष्ट डान सहित ३६० जना कलर बेल्टका खेलाडीहरुले टेष्ट दिएका थिए ।
उक्त टेष्टमा खेलाडीहरुले सेल्फ डिफेन्स, उड ब्रेकिङ, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरेका थिए । सोही क्रममा ग्राण्ड मास्टर राईद्धारा क्लबको ४४ औं अपग्रेडिङ टेष्टमा पास भएका ब्लाक बेल्ट फोर्थ डान, थर्ड डान, सेकेण्ड डान र फष्ट डान स्टुडेण्टहरुलाई कुक्कीवान हेडक्वाटर तथा क्लबको प्रमाणपत्रका साथै सोभिनियर समेत हस्तान्तरण गरेका थिए ।
क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर राईले कोरोना कहरका बापजुद पनि हङकङ सरकारले तोकेको विभिन्न नीति नियमहरु पालन गर्दै तेक्वान्दो क्लासहरु निरन्तर संचालन विभिन्न ब्रान्च इन्स्ट्रक्टर तथा क्लासमा नियमित उपस्थित भएर क्लबलाई सहयोग गर्न ेखेलाडीहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा हङकङ सरकारद्धारा सोसियल डिस्ट्यान्सिङ सम्बन्धि नियमहरु हटाएको खण्डमा क्लबको ४६ औं अपग्रेडिङ तथा क्लबको १२ औं वार्षिकोत्सव क्लबक अन्तर्गतका सम्पूर्ण ब्रान्चहरु एकै ठाउँ भेला भएर एकसाथ गर्ने बताए ।
तेक्वान्दो विश्वकै लोकप्रिय एउटा स्पोर्टसमा गनिएको र यसले शारीरिक व्यायम तथा सेल्फ डिफेन्स संगै अनुशासित बन्न सहयोग गर्नुका साथै विशेष गरि स–साना नानीबाबुहरुका लागि साथीहरुसंग हेलमेल तथा मेलमिलाप गर्न समेत सिक्ने हुदा हरेक अविभावकहरुले आफ्ना नानीबाबुहरुलाई खेल्न उत्प्रेरित गर्नु पर्नेमा समेत ग्राण्ड मास्टर राईले जोड दिएका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार