हङकङको बडीबिल्डिङ प्रतियोगितामा दुई नेपालीले जिते पदक

  टोपबहादुर याक्खा

२४ अक्टुबर, हङकङ– हङकङमा सम्पन्न बडीबिल्डिङ प्रतियोगितामा हङकङबासी दुई जना नेपालीहरुले समेत पदक हासिल गर्न सफल भएका छन ।
फिजिकल कल्चर एसोसिएसन (पीसए) को आयोजनामा आइतबार सम्पन्न ‘पाँचौं पीसीए हङकङ च्याम्पियनसिप–२०२१’ प्रतियोगितामा मेन्स एथ्लेटिक फिजिक तर्फ नेपाली खेलाडी चन्द्र कुमार सुनुवार (सीपी) ले रजत पदक हाता पार्न सफल भए भने ७५ के.जी. मुनिको समूहमा आपुन केले कास्य पदक जित्न सफल भएका थिए ।
काउलुन बे अन्तराष्र्टिय व्यापार तथा पदर्शनी केन्द्रको हलमा आयोजित उक्त प्रतियोगितामा नेपाल सहित चीन, हङकङ, मकाउ र भारतका ७५ जना खेलाडीहरु प्रतियोगितामा सहभागी भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार