हङकङमा स्व. किसन राईको श्रद्धान्जली सभा सम्पन्न

बगैंचा सम्बाददाता

 

७ नोभेम्बर २०२१ आईतबार हङकङका समाज सेवी अग्रिणी ब्यक्तित्व, अभियन्ता बरिष्ट पत्रकार स्व. किसन राईको अन्तिम श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली आदिवासी जनजाती महासंघ हङकङको संयोजकत्वमा हङकङ नेपाली महासंघ, गैह्र आवासीय नेपाली संघ हङकङ, नेपाल चेम्बर अफ कमर्श हङकङ, नेपाली पत्रकार महासंघ हङकङको संयुक्त आयोजना

मा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो। उक्त सभामा साहित्य श्रृङ्खला लगायत अरू ८ संस्थाहरू पनि समावेश भएका थिए ।
स्वर्गीय किसन राईको सम्झनामा १ मिनेट मौनधारण गरि शुरू गरिएको कार्यक्रममा उपस्थित संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले स्वर्गीय राईको समाजप्रतिको योगदान र समर्पणको बारेमा चर्चा गरेका थिए । स्व. किसन राईका सहपाठी तथा कानुन व्यावसायी इन्द्र वनेमले पत्रकार तथा समाजसेवी किसन राईको संक्षिप्त जीवनी सहित सहकार्य, धरानको घण्टाघर निर्माण, पत्रकारिता, समाज सेवा लगायत  हङकङमा आदिवासी मूलका महावाणिज्यदूत ल्याउन गरेको योगदानको बारेमा चर्चा गरेका थिए । मन्तब्यको क्रममा नेपाली पत्रकार महासंघ हङकङ उपाध्यक्ष इन्द्र लक्सम, सिएसटिएन प्र

मुख रिता गुरुङ, गैह्र आवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकाल, हङकङ चेम्बर्स अफ कमर्शका अध्यक्ष डासुराम पराजुली, हङकङ नेपाली महासंघ अध्यक्ष टंक राना, र आदिवासी जनजाती महासंघ हङकङका उपाध्यक्ष कृष्ण लावतीले पत्रकार राईको सम्झनामा उनका कार्य, योगदानहरुको स्मरण गरेका थिए । वक्तहरूले बोल्ने क्रममा स्वर्गीय राईको मृत्यु भवितब्य नभई नियोजित र कर्तब्य हुन सक्ने भनि आसंकाका बुलन्द आवाजहरू सामाजिक सन्जालमा आएको हुनाले महाबाणिज्यदूत मार्फत नेपाल सरकारलाई पहल गरि निपक्ष अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउन माग पनि ग

रेका थिए ।

कार्यक्रममा नेपाली महावाणिज्यदूत उदय बहादुर रानाले स्मरण गर्दै ‘पत्रकार राईलाई हङकङमा नेपाली भाषा, साहित्यको उत्थान र श्रीवृद्धिमा निरन्तर लागिरहेका लौहपुरुष थिए र हङकङेली नेपाली समाजलाई नेपालसँग जोड्न लागीपर्ने सहासि र निडर पत्रकार थिए, उनको असमायिक निधनले सिङ्गो समाज मर्माहत बनाउनुको साथै नेपाली समाजलाई अपूरणीय क्षति पुगेको छ’ उनले

बताएका थिए ।

हङकङमा यतिधेरै संस्थाहरूले एउटै मन्चमा सामूहिक रूपमा श्रद्धान्जली सभा गरेको सायद यो नै पहिलो पटक हुनु पर्दछ । मजदुर, ब्यापारी, समाजसेवी, बुद्धिजीवी लगायत बिभिन्न क्षेत्रमा आवद्ध व्यक्ति-व्यक्तित्वहरूको सामुहिक उप

स्थितिले सभाहल पूरै भरिएको देखिन्थ्यो ।
जोर्डन स्थित याउचिमङ मल्टिकल्चरल एक्टिभिटी सेन्टरमा आयोजित सभालाई पत्रकार देवराज राईले सञ्चालन गरेका थिए। अन्तमा सभा हलमा लाम लागेर स्वर्गीय राईको चीर शान्तिको कामना गर्दै नेपालीहरुले पुष्प गुच्छा अर्पण गरेका थिए।

उक्त दिन किरात राई यायोक्खा हङकङकले पनि स्वर्गीय किसन राईको श्रद्धाञ्जली सभा कार्यक्रम शान्तिन, कि लुङ च्युन स्थित किराया, हङकङको भवन सुप्तुलुङ खिममा सम्पन्न गरेको थियो ।

संस्थाका अध्यक्ष चद्रका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त श्रद्धाञ्जली कार्यक्रमको शुरूमा स्वर्गीय किसन राईप्रती १ मिनेट मौन धारण गरिएको थियो ।

संस्थाका सचीव राजेन्द्र कुमा

र राईले सन्चालन गरेको सभामा उपाध्यक्ष गजेन्द्र बहादुर राईले स्वर्गीय किसन राईको जिवनी माथि प्रकाश पारेका थिए । किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशिमदन राई, भूपू अध्यक्ष तथा संरक्षक

परिषद सदस्य हेजेन राई, किराया केन्द्रिय समिति नेपालका केन्द्रीय सदस्य दिलिप राई, भूपू अध्यक्ष तथा प्रमुख संरक्षक परिषद सदस्य रजिन राई, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार हरिचन्द्र राई, सल्लाहकार बसन्त कुमारी राईले किराया हङकङलाई स्वर्गीय किसन राईले दिएको योगदान, उनको बहुआयामिक ब्यक्तित्व, सामाजिक बिकृतिको भण्डाफोर गर्ने, अग्रणि तथा

अनुभवी पत्रकार, आदिवासी जनजातीको आवाज उठाउने सामाजिक अभियन्ता, सहयोगी, कर्तव्यनिष्ठ र हङकङेली नेपाली समाजमा निकै लोकप्रिय रहेको भनि चर्चा गरिएको थियो ।

सभाको अन्तमा उपस्थित महानुभावबाट स्वर्गीय किसन राईको आत्माको चिर शान्तिको कामना गर्दै फूलको गुच्छा चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

स्वर्गीय किसन राई काठमाडौंबाट आफ्नो पुर्खौउलीथलो ओखल्ढुंगा हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पा चिउरीडाँडास्थित पंखु खोलामा कात्तिक ७ गते (२४ अक्टोबर) साँझ भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको र त्यहाँबाट उनको सब गृह नगर धरानमा उनको परिवारको सहभागितामा समाधिस्त गरि सकिएको छ ।

हङकङमा किसन राई आवद्ध रहेका संस्थाहरू: अध्यक्ष- नेपाल पत्रकार संघ हङकङ, अध्यक्ष- नेपाली आदिवासी जनजाती महासंघ हङकङ, केन्द्रीय सदस्य- गैरआवासीय नेपाली संघ हङकङ, सल्लाहकार- नेपाल चेम्बर अफ कमर्श हङकङ, किरात राई यायोक्खा हङकङले श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरि सकेकाछन् ।

स्व. किसन राईको मृत्युबाट उब्जेका केही प्रश्नहरू:

  • समाजिक सन्जालमा आएका मृतक राईको मृत्युपछि खिचिएका तस्विरहरूको प्रकृति हेर्दा लडेर मरेको भनेर पत्याउन नसकिने भएकोले यो भवितब्य नभई कर्तब्य र नियोजित हुन सक्ने भएकोले सम्बन्धित निकायाबाट निष्पक्ष अनुसान्धान र छानबिन गरि सत्य तथ्य बाहिरा आउनु पर्छ भने माग बुलन्द रुप आईरहेको छ ।
  • सम्बन्धित निकायाबाट निष्पक्ष अनुसान्धान र छानबिन होला ?
  • हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) का निर्देशक समेत रहेका शाहले सोही संस्थाका निर्देशकहरुको भाईबर ग्रुप च्याटको स्क्रिन सटले अर्को तरंग फैलाएको छ । यस भाईबर ग्रुपको वार्तालापलाई अमानबियको संज्ञा दिदै समाजिक संजलमा घोर बिरोध आपत्ति जनईएको छ । किरात राई यायोक्खा हङकङले प्रेस बिज्ञप्ति निकाली सकेको छ ।
  • किसन संलग्न रेहेका संस्थाहरू- नेपाली आदिवासी जनजाति महासंघ, नेपाली पत्रकार महासंघ हङकङ लगायत अन्यहरू संस्थाहरूबाट कस्तो पहल कदमी चालिदै छ ?
  • सम्बन्धितसंस्था वा व्यक्तिहरूबाट जिम्मेवारीपूर्बक दायित्व निर्बाह होला कि नहोला ?
  • आदि आदि…… ।
  • फोटो: प्रताप कोयु राई (किराय)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार