संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

  टोपबहादुर याक्खा

७ नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै आइतबार “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०२१” सम्पन्न गर्यो ।
जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष सुशन गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति टोपबहादुर याक्खा तथा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना लगायत मञ्चमा रहेका अतिथिहरुद्धारा सामूहिक रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि टंक राना, संखुवासभा दिदीबहिनी समूह हङकङकी अध्यक्ष गौमाया घले, संखुवासभा तमु समाज हङकङका अध्यक्ष चन्द्रबहादुर गुरुङ, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान तथा समाजका सल्लाहकारहरु लालबहादुर गुरुङ, लव कुमार गुरुङ, प्रकाश गुरुङ (जे.पी.) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको कार्यक्रममा विभिन्न जातजातीका जिल्लाबासी समुदायहरु बीचको सद्भाव एवं एकतालाई अझ बलियो बनाउँदै लैजाने हेतुले प्रसंशापत्र तथा आकृर्षक नगद पुरस्कारको व्यवस्था सहित कार्यक्रममा उपस्थित राई, लिम्बु, याक्खा र गुरुङ समुदायका सामूहिक जातिय भेषभूषा प्रदर्शनी, एकल तथा सामूहिक नृत्य प्रतियोगिता र लक्कि ड्रको आयोजना समेत गरिएको थियो ।
कोरोनाको कहर तथा हङकङ सरकारले लगाएका सामाजिक दुरी सम्बन्धि कडा नियम कानुनहरुका वापजुद पनि बाकुलो संख्यामा उपस्थित जिल्लाबासीहरुले २ वर्ष पछिको देउसी भैलो कार्यक्रममा एक आपसमा शुभकामना आदनप्रदान, भलाकुसारी, देउसीभैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने यस संस्थाले केहि अगाडीबाट मात्रै जिल्लाबासीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ संचालनमा ल्याएको छ ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार