हङकङ नेपाली महासंघको ११ औं महाधिवेशन २८ नोभेम्बरमा हुदै

  टोपबहादुर याक्खा

२२ नोभेम्बर, हङकङ– हङकङ नेपाली महासंघको ११ औं महाधिवेशन यही २८ नाभेम्बर २०२१, आइतबारका दिन जोर्डनस्थित याउ मा तेई कम्युनिटी हलको ४ तलामा दिनको १ बजेदेखि हुने भएको छ ।
अधिवेशन संयोजक, आर्थिक, प्रचार प्रसार, मञ्च सजावट तथा व्यावस्थापन लगायत विभिन्न समितिहरु गठन गरी ११ औं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताउदै उक्त दिन महासंघ अन्तर्गत रहेका विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधी, पत्रकार, बुद्धिजिवी, समाजसेवी लगायत हङकङबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भएर महासंघको ११ औं महाधिवेशन सफल पारीदिन महासंघका अध्यक्ष टंक रानाले अनुरोध समेत गरेका छन ।
नेपाली संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको महासंघले लागु औषध सम्बन्धि जनचेतनामुलक ‘विओन्ड रिच इन्फरमेशन एण्ड प्रिभेन्सन’ तथा सि.एस.टी.एन. प्रोजेक्ट मार्फत नेपाली समुदायलाई विभिन्न सेवाहरु दिदै आउनुका साथै नेपाली समुदायका विभिन्न समस्याहरु हङकङ सरकारमा राख्दै निरोपण समेत गर्दै आइरहेको छ भने केही पहिले नेपालमा आएको कोरोनाको दोस्रो लहरले ठूलो जनधनको क्षति भइरहदा देशका ७७ वटै जिल्लाहरुमा ठूलो परिमाणमा अक्सिजन कन्सन्ट्रटेर लगायत स्वास्थ्य सामाग्रिहरु आफैले ढुवानी गरेर वितरण समेत गरेको थियो ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार