गुरुङ (तमु) समाज संखुवासभा हङकङको देउसीभैलो सम्पन्न

  टोपबहादुर याक्खा

२१ नोभेम्बर, हङकङ– गुरुङ (तमु) समाज संखुवासभा हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०२१ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो ।
जोर्डनस्थित ईण्डिया क्लबमा शनिबार साँझ आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष श्याम गुरुङको श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष चन्द्रबहाुदर गुरुङ, प्रमुख अतिथि संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा र समाजका संस्थापक अध्यक्ष एवं ज्येष्ठ नागरिक लालबहादुर गुरुङद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
प्रथम चरणको कार्यक्रममा समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रमुख अतिथि टोपबहादुर याक्खा तथा समाजका सल्लाहकारहरु लव कुमार गुरुङ, खड्ग माङमाली, प्रकाश गुरुङ (जे.पी.), ज्ञानबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने दोस्रो चरणको कार्यक्रममा उपस्थित संखुवाभाली गुरुङ दाजुभाई तथा दिदीबहिनीहरुका साथै अतिथिहरुद्धारा देउसीभैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
हङकङबासी संखुवासभाली गुरुङहरुको हक, हित र एकताका लागि २००८ मा स्थापित गुरुङ (तमु) समाज संखुवासभा हङकङ संखुवासभा समाज हङकङको एक अभिन्न अंगको रुपमा सक्रिय रहदै आएको छ ।

 

फोटो शौजन्य– ज्याप स्टुडियो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार