संखुवासभा दिदीबहिनी समूह हङकङको देउसीभैलो सम्पन्न

  टोपबहादुर याक्खा

२७ नोभेम्बर, हङकङ– संखुवासभा दिदी बहिनी समूह हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०२१ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो ।
जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा शनिवार साझ आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष झोना गुरुङको श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष गौ माया घले र प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
प्रथम चरणको कार्यक्रममा समाजका अध्यक्ष गौ माया घले, प्रमुख अतिथि टंक राना, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ, प्रदेश नं। १ तमु समाजका उपाध्यक्ष नरेन्द्र गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने दोस्रो चरणको कार्यक्रममा उपस्थित जिल्लाबासी तथा अतिथिहरुद्धारा देउसीभैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
हङकङबासी संखुवासभाली दिदीबहिनीहरुको हक, हित र एकताका लागि २०१३ मा स्थापित संखुवासभा दिदीबहिनी समूह हङकङ संखुवासभा समाज हङकङको भातृ संगठनको रुपमा सक्रिय रहदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार