पत्रकार स्व.किसन राई बगैचा अक्षय कोष मार्फत सम्मानित हुने

२८ नोभेम्बर, हङकङ– हङकङमा बसेर दुई दशक भन्दा लामो समय नेपाली समुदायलाई पत्रकारिताको क्षेत्रबाट सेवा गर्दै आएका स्व.किसन राईलाई बगैंचा संचारद्धारा स्थापित “बगैचा अक्षय कोष” बाट मरणोपरान्त सम्मान गरिने भएको छ ।
तिहारको उपलक्ष्यमा आइतबार जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा भेटघाट कार्यक्रमको आयोजना गर्दै बगैचा संचारका संयोजक सुवास राईले उक्त कुराको जानकारी दिए हुन । स्व.राईका परिवार हङकङ आए पछि एउटा औपचारिक कार्यक्रमको आयोजना गरि हङकङ डलर ५ हजार नगद सहित ताम्रपत्रद्धारा स्व.राईलाई सम्मान गरिने उने बताए । एभरेष्ट छापा पत्रिका तथा एभरेष्टखबवरडटकमका प्रधान सम्पादक तथा प्रकाशक स्व.किसन राईको नेपाल भ्रमणका क्रममा गत २४ अक्टोबर २०२१ मा अचानक भीरबाट खसेर असामयीक निधन भएको थियो ।
कला, साहित्य, शिक्षा र गरिवी निवारण क्षेत्रमा उल्लेखनिय योगदान दिने व्यक्तिलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने उदेश्यले २०१५ मा स्थापित बगैचा अक्षय कोषले २०१८ मा बगैचा संचारद्धारा आयोजित बगैचा नाईट–२, युनलङ थिएटरमा चित्रकार दिपेन्द्र राईलाई पहिलो पुरस्कार स्वरुप हङकङ डलर ५ हजार नगद सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो भने स्व.किसन राईलाई पत्रकारिता तर्फ उक्त पुरस्कार दिन लागिएको हो ।
विशेष गरी ४ किरात राई, लिम्बु, याक्खा र सुनुवार समाज तथा भातृ संघ संगठनका अध्यक्ष तथा प्रतिनिधी, बगैचाका सेयरधनी एवं केही समाजसेवी तथा व्यावसायीहरुको समेत उपस्थितिरहेको छोटो औपचारिक कार्यक्रममा बगैंचा संचारले हङकङबासी तथा नेपालबाट कलाकार ल्याएर बगैचा नाईट गर्नुका साथै किरातहरुको नयाँ सम्वत येले सम्वतको अवसरमा ४ किरातहरुलाई एकै ठाउँ भेला पारी शुभकामना आदन प्रदानसंगै जातीय भेषभूषा तथा झाँकी प्रदर्शनको आयोजना समेत गर्दै आइरहेकोमा केही वर्ष हङकङमा चलेको आन्दोलन तथा कोरोनाको महामारीले सो कार्य रोकिएता पनि फेरी यी कार्यहरुलाई निरन्तरता दिइने बगैचाडटकमका प्रधान सम्पादक नरेश सुनुवारले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार