किसन राईको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग

बगैंचा सम्वाददाता, हङकङ

१४ डिसेम्बर २०२१

हङकङका बरिष्ट पत्रकार तथा सामाजिक अभियन्ता किसन राईको शंकास्पद मृत्युको बिषयलाई लिएर प्रश्न उठिरहेको अवस्थामा मृतक र उनको परिवारको न्यायको पक्षमा आवाज उठाईरेको संस्था ‘किरात राई यायोक्खा हङकङ र उक्त बिषयप्रति ऐक्यबद्धता जनाएका हङकङका डेढ दर्जन संस्थाका प्रतिनिधिहरू र उक्त संस्थाका अध्यक्षहरूद्वारा हस्तक्षरित पत्रसहितको सामुहिक टोलिले किरायाको अगुवाईमा हङकङ स्थित महाबाणिज्यदूतावासको कार्यलयमा गएर बिज्ञप्ति मागपत्र पेश गरेको छ ।

महाबाणिज्यदूत उदय बहादुर राना समक्ष पेश गर्नु अगावै किराया हङकङका महासचिव गंगाराम राईले बिज्ञप्ति पढेर सबैलाई सुनाएका थिए र सो बिज्ञप्तिमा उल्लेख गरिएको माग महाबाणिज्यदूत मार्फत नेपाल सरकारसमक्ष पुर्याएर सम्बन्धित निकायबाट यथासक्य चाडो भन्दा चाडो सहि र सत्य तथ्य कुरा पत्ता लगाउन सहयोग गरिदिन अनुरोध गर्दै संस्थाका अध्यक्ष चन्द्रका राईमार्फत बिज्ञप्ति मागपत्र महाबाणिज्य दूतलाई बुझाईएको थियो ।

पत्र बुझ्दै महाबाणिज्यदूतले सबैलाई धन्यवाद दिदै भने- ‘हङकङको एउटा गहनालाई गुमाउनु पर्दा हामी हङकङवासी सबै चिन्तित र दु:खी भएका छौं, कतिपय परिघटना र बजारमा आएका अभिव्यक्तिहरूले उनको मृत्यु दुर्घटना हो की षडयन्त्र हो भन्ने सबैमा संसय र शंका उत्पन्न गराएको छ, त्यसैले यथार्थ कुरा के हो, त्यसको सत्य-तथ्य कुरा छानबिन हुनै पर्दछ, यसप्रति महा बाणिज्यदूतावासको पनि ऐकेवद्धता छ ।’

उहाँले उक्त बिज्ञप्ति पत्र  आजै फ्याक्स गरेर पराराष्ट्र म न्त्रालय पठाउने र पराराष्ट्रबाट गृहमन्त्रालय हुँदै जिल्ला पुर्याईने छ र गम्भीर रुपमा छानबिन गरि सत्य-तथ्य कुरा छिट्टै पत्ता लाग्ने छ भन्नु भयो ।

 

गत कार्तिक ७ गते ओखलढुङ्गाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ को पंखु खोलामा हात-खुट्टा भाँचिएको अवस्थामा राईको शव फेला परेको थियो। सँगै गएका साथीहरुले राई दिशा पिसाब गर्न गएको र लामो समय नफर्किएपछि खोज्दा शव फेला परेको बताएका थिए।

उनको भीरबाट खसेर मृत्यु भएको बताइएको थियो तर परिवारले पोष्टमार्टम रिपोर्ट शंकास्पद देखिएको भन्दै थप अनुसन्धान गर्न माग गरेका  छन् । मृतक राईका छोरा अरिम राईले घटनास्थलको अवस्था, शवको प्रकृति र पोष्टमार्टम रिपोर्ट हेर्दा शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न माग गरेर निवेदन दिएका छन् ।

तस्विर सौजन्य: युवा राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार