हङकङको “वर्ल्ड ट्रेड सेन्टर”मा आगलागि, दर्जनौं घाईते…

बगैंचा डटकम, हङकङ

१५ डिसेम्बर २०२१ बुधबार, हङकङको कजवे बे स्थित ‘वर्ल्ड  ट्रेड सेन्टर’ नामक ब्यापारिक भवनमा आगलागि भएको छ । आगलागिका कारण १३ जना घाइते भएका छन भने सयौं मानिसहरू फसेको समाचारहरू प्राप्त भएका छन् ।

आगलागी भवनबाट फायर फाईटर तथा उद्दारकर्मीहरूले तत्कान रेस्क्यू गरि करिब १३ सय जना भन्दा बढी मानिसको उद्धार गरेका थिए ।

दिनको लगभग १२:३७ बजे आगलागी भएको खबर सम्बन्धित निकाया फायर डिपार्टमेण्टमा प्राप्त भएको थियो । तत्काल घटना स्थलमा पुगेका अग्निनियन्त्रकहरुले दिउँसो करिब ४:३० बजे आगोलाई पूर्ण नियन्त्रणमा लिन सफल भएका  थिए ।

३८ तलामा निर्मित उक्त गगनचुम्बी व्यावसायिक भवनमा किनमेल गर्ने बिभिन्न सपिङ आर्केड, रेष्टुरेण्ट लगायत ब्यबसायिक अफिसहरू रहेको छन् ।

फायर डिपार्टमेन्टका अनुसार सुरुमा तल्लो लेभलमा रहेको स्विच रुममा आगो सल्केको थियो र पहिलो र दोस्रो तलाबाट आगोको मुस्लो निस्किएको थियो । उक्त भवन हाल मर्मत भइरहेको हुँदा आगो बाहिरी भागसम्म फैलिएको थियो । आगो लाग्नुको तथ्य कारण पत्ता लगाउन अनुसन्धान भईरहेको कुरा अधिकारीहरूले बताएका छ्न्।

छतमा सयौं मानिस उद्धारको पर्खाइमा रहेका थिए भने  भवनको विभिन्न तल्लामा मानिसहरु फसेका थिए । आगलागी नियन्त्रणका लागि दमकल विभागले दुईवटा जेट र दुई श्वासप्रश्वास उपकरण टोली परिचालन गरेको थियो। (पर्ट्रोल)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार