हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: प्रकाश पुन…

बगैंचा डटकम हङकङ,

१८ दिसेम्बर २०२१ शनिबार, जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेसमा सम्पन्न हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशनको सम्पन्न भएको छ । संघका अध्यक्ष तेज प्रकाश पुनको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाली महाबाणिज्यदूत तथा संघका संरक्षक उदय बहादुर राना मगरको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी बिशेष अतिथिहरू काउलून चेम्बर अफ कमर्शका अध्यक्ष HOMER YU, नेपाल एयरलाईन्सका कन्ट्री मैनेजर नवराज उपाध्याय, एनआरएएन हङकङका अध्यक्ष गोकर्ण ढाकल, हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरूड, चेम्बर अफ कर्मसका अध्यक्ष डासुराम पराजुली, FNCI का HK सदस्य कृष्ण पान्डे र अतिथिहरू- मगर संघ हङकङका अध्यक्ष हेम थापा, थाकाली सेवा समिति हङकङका अध्यक्ष हर्क नारायण तुलाचन, तमाड घेदुङ संघका अध्यक्ष रमेश मुक्तान, अल्पसंख्यक नेपाली संगठन हङकङका अध्यक्ष शिला घामला, नेपाली महीला संघका महासचिव अनु राई र क्षेत्री समाजका प्रतिनिधि राजेन्द्र थापा लगायत व्यवसाय अतिथिहरू प्रितम श्रेष्ठ, बेद खड़का, नुतन खड़क, कमल पौडेल, धरम गुरूड:, अनिता गुरूड लगायत रहेका थिए ।

संघका महा सचिव अर्जुन गौचनले संचालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष कविता गरुङ स्वागत मन्तब्य दिएपछि कार्यक्रममा आसिन अतिथिहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । वक्ताहरूले मन्तव्यको क्रममा विश्वको बदलिदो परिस्थित र हङकङको परेवेशमा हङकङमा रहेका नेपालीहरू ब्यापर ब्यासयमा अग्रसर हुँदै गएको र यसको चुनौति र अवसरको बारमा भाव ब्यक्त गरेका थिए।मन्तब्यकै क्रममा प्रमुख अतिथि महाबाणिज्यदूतले नेपाल सरकार र आफ्नो तर्फबाट सहयोग गर्न सकिने सबै खाले सहयोग गर्न तयार रहेको र ब्यापार ब्यबसाय प्रबर्दन लागि अगाडी बढ्न अव्हान गरेका थिए ।

आजको दोस्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागी प्रकाश पुनको अध्यक्षतामा निम्न ११ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित हुनु भएका छन:

अध्यक्ष:-प्रकाश पुन, बरिष्ठ उपाध्यक्ष-कविता गुरूड, उपाध्यक्ष-सुमन थापा, महासचिव-अर्जुन गौचन, सचिव- भेषमनि श्रेष्ठ, कोषाध्यक्ष-टिका माया श्रेष्ठ, सहकोषअध्यक्ष-करूण श्रेष्ठ र सदस्यहरू- सुरज श्रेष्ठ, सन्तोष कुमार गुरूड, ज्ञानेन्द्र थापा, अनिता गुरूड रहेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार