नेपाली समाज हङकङको प्रथम अधिवेशन सम्पन्न, डा. बाबुराम भट्टराईले दिए शुभकामना…

बगैंचा डटकम हङकङ,

१८ डिसेम्बर २०२१, आईतबार, जोर्डन स्थित चुम्लुङ हिममा एकिकृत संघीय समाजवादी पाटी र नयॉं शक्ति पाटी निकट राजनैतिक संगठन विदेश विभाग अन्तरगत हङकङ नेपाली समाज र समावेशी नेपाली समाज मिलेर बनेको संस्था ‘नेपाली समाज हङकङ’को प्रथम अधिवेशन सम्पन्न भयो।

आयोजित कार्यक्रमलाई अनलाईन जुम मार्फत जनता समाजवादी पाटीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराईले प्रमुख अतिथिको रुपमा अधिवेशनलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए । डा. भट्टराईले पाटीले अङ्गिकार गरेका प्रमुख चार नीति संघियता, सुशासन, समृद्धि र समाजवादको अर्थ र औचित्यका विषयमा स्पष्ट पारेका थिए।

अधिवेशनको उद्घाटन समारोहमा बिभिन्न राजनैतिक दलका हङकङ स्थित भातृ संगठनहरुको तर्फवाट जनसम्पर्क समितिका अध्यक्ष काजीमान गुरुङ, प्रवासी नेपाली मञ्चका कार्यवाहक अध्यक्ष दलहांग नेम्वाङ, जन प्रगतिशिल मञ्चका अध्यक्ष दुर्गा बहादुर गुरुङ र प्रवासी नेपाली एकता समाजका अध्यक्ष ईश्वर विक्रम शाहले अधिवेशन सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा संस्थाका सल्लाहकार डा. चुरा थापा, नेपाल च्याम्वर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, उपाध्यक्ष लव कुमार गुरुङ लगायत मानुभावहरुको उपस्थिति रहेको थियो ।

नेपाली समाजका अध्यक्ष इन्द्र वनेमले खुल्ला सत्र समारोह समापन गर्दै बन्दसत्रको लागि हेजेन राईको अध्यक्षतामा निर्वाचन अध्यक्ष मण्डल गठन भएको घोषणा गरेका थिए । कार्यक्रमको बन्द सत्रले ईन्द्र वनेमको अध्यक्षतामा ३३ सदस्यीय नयॉं कार्य समिति गठन गरेको थियो ।

नेपाली समाज हङकङको नयाँ कार्यसमितिको अध्यक्षम- ईन्द्र वनेम, उपाध्यक्ष- श्याम इङ्नाम, उपाध्यक्ष- चन्द्रका राई,  सचिव- बिश्वनाथ घिसिङ, कोषाध्याक्ष- भवेश घिसिङ र सदस्यहरु- सम्शेर तुम्वाहाङ्फे, शरण सुब्बा, प्रदिप किरावा, प्रदिप कन्दन्वा, देबमान लिम्बू, हिम सिङ्घक, ओम गुरुङ, जुनु दिब्या राना, राम लि राई, दिलिप तामाङ, लोकेन्द्र परियार, राजु बराईली, अमोद राई, बिरेन्द्र काजी गुरुङ, माया देबी राई, दुर्गा प्रसाद तामाङ, रुद्र फोम्बो, मनिराज लिम्बू, बिष्णु पाख्रिन, ईन्द्र सिं राई, पिटर गुरुङ, शिब कुमार पुन, उर्मिला घले, सुर्यमान राई, ज्ञान बहादुर राई, दक्ष लिम्बू, सुमन वनेम र गजेन्द्र राई रहेका छन् ।

संस्थाका उपाध्यक्ष श्याम ईङनामले स्वागत मन्तब्य दिएको उक्त कार्यक्रमलाई सचिव मनोज गौतमले संचालन गरेका थिए।

 

फोटो: राई युवा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार