किरात याक्थुङ चुम्लुङ हङकङले मनायो चासोक तङनाम

बगैंचा डटकम

२८ डिसेम्बर २०२१

हङकङ, जोर्डन स्थित याक एण्ड यति रेष्टुरेन्टमा किरात याक्थुम चुम्लुङ हङकङले चासोक तङनाम मनाएको छ । एक आयोजना कावा अध्यक्ष शमशेर तुम्बाहाङफेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संस्थाका उपाध्यक्ष शेर बहादुर लक्सम्बाले स्वागत मन्तव्य राखेका थिए ।

कोराना महामारीको कारण स्थगित गरिएको चासोक तङनाम यस बर्ष एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको कार्यक्रममा महावाणिज्यदूत उदय बहादुर राना मगरको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै अन्य अतिथिहरू आदिवासी जनजाति माहासंघ हङकङका कार्यबाहक अध्यक्ष कृष्ण राज लावती, ङकङ नेपाली महासघका अध्यक्ष रिता गुरुङ, चेम्बर अफ कमर्श हङकङका अध्यक्ष डासुराम पराजुली, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, किरात राई यायोख्खा हङकङ अध्यक्ष चन्द्रका राई, यक्खा छुम्मा हङकङका प्रतिनिधि कुमारी यख्खा लगायत रहेका थिए ।

आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै राजदूत राना मगरले संविधनले प्रत्येक नेपाली समुदायको मौलिक भेषभूषा, चाड, संस्कृतिको सरंक्षण र सुरक्षित गरेको छ, त्यसैले संविधानले दिएको अधिकार कार्यन्वयन हुनुपर्ने बताएका थिए । अन्य अतिथिहरूले पनि चासोक तङनामको उपलक्षमा शुभकामना मन्तब्य दिएका थिए।

किरात याक्थुङ चुम्लुङ हङकङका सल्लाहकार भुपेन्द्र चेम्जोङले चासोक तङनामको बारेमा आफ्नो धारणा राखेका थिए।

याक्थुङ केलाङ समूहबाट केलाङ नृत्य प्रस्तुतिले थप रोमाञ्चक बनाएको थियो।फोटोः युवा राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार