१०८ औं साहित्य श्रृंखला सम्पन्न

  टोपबहादुर याक्खा

२६ डिसेम्बर, हङकङ– सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०८ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुरुवातमै केही अगाडी मात्रै हङकङ नेपाली महासंघको उपाध्यक्षमा निर्वाचित कवि एवं साहित्यकार नविन सुहाङ लिम्बुलाई साहित्य श्रृंखलाको तर्फबाट खदा ओढाएर सम्मान गरिएको थियो ।
श्रृंखलाका संस्थापक संयोजक तथा सल्लाहकार चन्द्र मादेन ‘आन्छन’ द्धारा संचालन गरिएको कार्यक्रममा कवि तथा साहित्यकारहरु सुनिता गिरी, गीता अधिकारी, ईन्द्र राना, सन्ध्या क्षेत्री, पूर्णिमा शाह, नारायण भण्डारी, लालबहादुर गुरुङ, अरुणा शर्मा, रोशन याक्सो, टोपबहादुर याक्खा, विष्णु ईङनाम लगायतले सृजना वाचन गरेका थिए । त्यस्तै गरी बिन्नि लामा र वविता राईले गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए भने कवि एवं साहित्यकार नविन सुहाङ लिम्बुद्धारा आफ्नो सृजना वाचनसंगै समग्र कार्यक्रमा बारे टिप्पणी राखेका थिए ।
साहित्य श्रृंखलाका संयोजक रमण गुरुङद्धारा रचना वाचन गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेसंगै श्रृंखलाका निवर्तमान संयोजक एवं वर्तमान सल्लाहकार सुनिता गिरी र सदस्य मनिका पाण्डेको केक काटेर जन्मोत्सव समेत मनाइएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ९ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार