मिनिबस दुर्घटनापछि चालक पक्राउ

३१ डिसेम्बर २०२१ हङकङ, नयाँ वर्षको पूर्वसन्ध्यामा याउ मा तेइमा ज्यान लिने गरि खतर्नाक दुर्घटना भएपछि सवारीसाधन चलाउने ७० वर्षीय मिनिबस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नयाँ वर्षको दिन प्रारम्भको एउटा ब्रीफिंगमा सार्वजनिक लाइट बसले निङ्बो स्ट्रीटबाट क्यान्टन रोडमा मोडिने क्रममा एक ७७ वर्षीय वृद्ध यात्रीलाई ठक्कर दिएको र उक्त व्यक्ति गाडीमुनि फसेको उनीहरुले बताए ।

उनलाई अग्निनियन्त्रकले उद्धार गरेको थियो, तर धेरै चोटपटक लागेका उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो।

प्रहरीले पछि साम चेङ नजिकै क्यासल पीक रोडमा मिनीबस फेला पारेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार