हङकङबासी संखुवासभाली गुरुङहरुले तमु ल्होछार मनाए

१ जनवरी, हङकङ– गुरुङ (तमु) जातीको मुख्य चाड तमु ल्होछारको अवसरमा गुरुङ (तमु) समाज संखुवासभा हङकङद्धारा शनिबार साँझ एक आपसमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गर्यो ।
गुरुङ (तमु) समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ गुरुङ समाजका अध्यक्ष हेम प्रताप गुरुङ तथा विशेष अतिथिहरु संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, संखुवासभा तमु समाजका सल्लाहकारहरु लालबहादुर गुरुङ, लव कुमार गुरुङ, खड्ग माङमाली लगायतले शुभकामना मन्तब्य राखेका थिए । सोही क्रममा समाजका २ दर्जन बढी आजीवन सदस्यहरुलाई खदा लगाएर सम्मान गर्दै सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
जोर्डनस्थित ईण्डिया क्लबमा आयोजित उक्त कार्यक्रममा आकर्षक पुरस्कार सहित महिला तथा पुरुष तर्फ उत्कृष्ठ तमु भेषभूषा, प्रतियोगितात्मक नृत्य लगायतका कार्यक्रमहरु समेत रहेको थियो ।
संखुवासभाली गुरुङहरुलाई समेटेर १ दशक पहिले स्थापित गुरुङ (तमु) समाज संखुवासभा हङकङ संखुवासभा समाज हङकङ मुल समाजसंग नजिक रहि विभिन्न सामाजिक कार्यहरु आपसी सहमति र सहकार्यमा अगाडी बढाउदै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार