शहरलाई लक डाउन गर्ने भनि आएको झुटो समाचारलाई हङकङ सरकारले खारेज गरेको छ

४ जनवरी २०२२, हङकङ ।

हङकङलाई शहरलाई लक डाउन गर्ने हङकङ सरकारको कुनै योजना नभएको भन्दै अनलाइनमा फैलिरहेको झुटा समाचारको निन्दा गर्दै एक प्रवक्ताले स्पष्ट पारेका छन्
अधिकारीहरूले मानिसहरूलाई हङकङ भित्र र बाहिर जानबाट रोक लगाउने न कुनै योजना छ न त रेस्टुरेन्टहरूमा खाना खाने अनुमति रोक्ने योजना बनाएको छ, प्रवक्ताले भने।
यो टिप्पणी सोमबार व्हाट्सएप र अनलाइन प्लेटफर्महरूमा भाइरल भएको सन्देश पछि आएको हो, प्रमुख कार्यकारी क्यारी लाम र खाद्य तथा स्वास्थ्य सचिव सोफिया चान सिउचीले सोमबार एक प्रेस सम्मेलन गरेर शहर बन्द गर्ने घोषणा गर्नेछन् भनि समाचारमा उल्लेख गरिएको थियो ।
सन्देशमा सबै रेस्टुरेन्टहरूले साँझ 6 बजे पछि सेवा बन्द गर्ने, खेलकुद सुविधाहरू मनोरन्जन स्थलहरू 14 दिनका लागि बन्द हुने दाबी पनि गरिएको छ । यसले रातभर यातायात बन्द हुने दाबी समेत गरेको छ ।
सरकारका प्रवक्ताले गलत समाचार फैलाएर जनतामा त्रास फैलाएको भन्दै आलोचना गरेका छन् ।
उनले सन्देशमा यस्ता काममा समावेश भएका आपराधिक तत्वहरूलाई कानून अनुसार कारबाही गर्ने बताए।
अनावश्यक अड्कलबाजी र अफवाह फैलाउनु महामारीको बिरूद्ध लड्न उपयोगी छैन,” उनले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार