हङकङमा साँझको डाईन ईन सेवाहरूमा प्रतिबन्धित सामाजिक दूरी विस्तार गरिने स्रोतको खुलासा

सरकारी स्रोतका अनुसारहङकङको रेष्टुरेण्टहरूमा साँझको डाईनइन सेवाहरूमा प्रतिबन्ध थप दुई हप्ताका लागि लम्बाइनेछ,
प्रमुख कार्यकारी क्यारी लामले शुक्रबार साँझ एक पत्रकार सम्मेलनमा प्रतिबन्धको विस्तार र अन्य कोरोनाभाइरससम्बन्धित सामाजिकदूरी उपायहरूको घोषणा गर्ने अपेक्षा गरिएको छ, सम्भवत महामारी राहत कोषको पाँचौं चरणको विवरणहरू पनि प्रस्तुत गरिने छ
लामले प्रभावित व्यवसायका लागि राहत रकम जम्मा करिब ४ अर्ब हङकङ डलर (५१३ मिलियन अमेरिकी डलर) हुने बताउनुभएको थियो ।
प्रतिवन्ध विस्तारले हङकङका परम्परागत चाडपर्वको भोजमा बाधा पुर्‍याउनेछ, जसको सट्टा सार्वजनिक बिदा समाप्त भएको एक दिन पछि चाईनिज नयाँ वर्षको कम्तिमा चौथो दिनसम्म घरमै मनाउनु पर्ने हुन्छ । नयाँ वर्ष मेला जस्ता ठूला कार्यक्रमहरू पनि प्रभावित हुनेछन् ।
कडा सामाजिकदूरी उपायहरू, सुरुमा दुई हप्तासम्म चल्ने गरी, जनवरी मा कोरोनाभाइरस संक्रमणको चलिरहेको पाँचौं लहरको उदयको कारण पुन: लागू गरिएको थियो।
बार, जिम, थिएटर, पार्क र ब्यूटी पार्लरहरू लगायतका पन्ध्र प्रकारका स्थानहरू बन्द गर्न बाध्य पारिएको थियो, जबकि रेस्टुरेन्टहरूलाई बेलुका बजेदेखि बिहान ४ः५९ बजेसम्म डाईनइन सेवाहरू प्रदान गर्न निषेध गरिएको थियो।scmp

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार