हङकङले फेब्रुअरी ५ देखि आगमनका लागि क्वारेन्टाइन समय १४ दिनमा छोटाएको छ

फेब्रुअरी ५ देखि, हङकङ सरकारले उच्च जोखिम भएका देशहरूबाट फर्केका बासिन्दाहरूको लागि क्वारेन्टाइन अवधि २१ दिनबाट १४ दिन घटाउने भएकोछ ।

जुन कुरा प्रमुख कार्यकारी क्यारी लामले बिहीबार घोषणा गरेका छन ।

उनले भनिन् जो २१ दिन होटल क्वारेन्टाइनमा रहेकाछन् उनीहरूले पनि २ हप्ता छोटो अवधिमा क्वारेन्टाईमा मुक्त हुनेछन्।

त्यसपछि उनीहरूले सात-दिन अवधि आत्म-निगरानीका लागि घरमा गुज्रिन पर्ने छ र बाहिर जान सक्छन्  त्यसपछि थप दुई पटक कोभिड-१९ परीक्षणहरू गर्नपर्ने छ ।

तर, आठ देशका लागि उडान प्रतिबन्ध थप दुई साताका फेब्रुअरी १८ सम्मका लागि लम्बिने भएको छ ।

ती आठ देशहरूमा अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् ।

जुन देशहरू विस्तृत सूची समूह ए मा राखिएको छ, जसको अर्थ गैर-बासिन्दाहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ, र खोप लगाएका बासिन्दाहरू मात्र फर्कन सक्नेछन् । उनिहरूलाई २१ दिनको क्वारेन्टाइनबाट फेब्रुअरी ४ देखि १४ दिनमा घटाईएको छ ।

अहिले समूह ए मा- अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बारबुडा, अर्जेन्टिना, आर्मेनिया, अरुबा, अष्ट्रेलिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बंगलादेश, बार्बाडोस, बेलारुस, बेल्जियम, बर्मुडा, भुटान, बोलिभिया, बोनायर, बोस्निया र हर्जगोभिना, ब्राजिल, ब्रुनाई दारुसालम रहेका छन् । बुल्गेरिया, बुर्किना फासो, कम्बोडिया, क्यानडा, केप भर्डे, केम्यान टापुहरू, चिली, कोलम्बिया, कोस्टा रिका, कोटे डी आइवर, क्रोएसिया, क्युबा, कुराकाओ, साइप्रस, चेक गणतन्त्र, प्रजातान्त्रिक गणतन्त्र कंगो, डेनमार्क, डोमिनिकन गणतन्त्र, इक्वेडर, इजिप्ट, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, गेबोन, गाम्बिया, जर्जिया, जर्मनी, घाना, जिब्राल्टर, ग्रीस, ग्रेनाडा, ग्वाडेलुप, ग्वाटेमाला, गुर्नसे, गिनी, होन्डुरस, हंगेरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, इरान, इराक, आयरल्याण्ड, इजरायल, इटाली, जमैका, जापान, जोर्डन, केन्या, कोरिया, कोसोभो, कुवेत, किर्गिजस्तान, लाओस, लाटभिया, लेबनान, लिबिया, लिकटेन्स्टाइन, लिथुआनिया, लक्जमबर्ग, मलेसिया, माल्दिभ्स, माल्टा, मार्टीनिक, मौरिटानिया, मैइटीपुर मेयोटे, मेक्सिको, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, म्यानमार, नेपाल, नेदरल्याण्ड, न्यू क्यालेडोनिया, न्यूजील्याण्ड, नाइजर, उत्तरी म्यासेडोनिया, नर्वे, ओमान, पाकिस्तान, प्यालेस्टाइन, पनामा, पाराग्वे, पेरु, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रियुनियन, रोमानिया, रूस, रुवाण्डा, सेन्ट मार्टिन (फ्रान्सेली भाग) , साउदी अरेबिया, सेनेगल, सर्बिया, सियरा लियोन, सिंगापुर, स्लोभाक रिपब्लिक, स्लोभेनिया, सोलोमन टापु, दक्षिण सुडान, स्पेन, श्रीलंका, सेन्ट किट्स र नेभिस, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, स्वीडेन, स्विजरल्याण्ड, तान्जानिया, थाइल्याण्ड, टोगो , ट्रिनिडाड र टोबागो, ट्युनिसिया, टर्की, युगान्डा, युक्रेन, संयुक्त अरब इमिरेट्स, उरुग्वे, उज्वेकिस्तान, भेनेजुएला र भियतनाम लगायत रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार