हङकङमा लुनार नयाँ वर्षसँगै १४२ जना नयाँ कोभिड संक्रमितहरू फेला परेका छन

३ फेब्रुअरी २०२२

हङकङमा बिहीबार १४२ जना नयाँ कोभिड-१९ सङ्क्रमण देखिएपछि लुनार नयाँ वर्षको जमघटबाट उत्पन्न हुने पारिवारिक प्रकोप सुरु भएको छ।

नयाँ केसहरू मध्ये, १२१ स्थानीय छन्। ३१ केसहरूको लागि संक्रमणको स्रोतहरू अज्ञात रेहेको छ। थप १६० जनाको प्रारम्भिक परीक्षणमा पोजिटिभ नतिजा देखिएको छ ।

लुनार नयाँ वर्षको तेस्रो दिन, स्वास्थ्य अधिकारीहरूले तीन दिने बिदामा पारिवारिक जमघटसँग सम्बन्धित समूहहरू देखा परेका छन्, स्वास्थ्य संरक्षण केन्द्रका चुआंग सुक-क्वानले भने। उनले मानिसहरूलाई जमघट र गतिविधिहरू कम गर्न आह्वान गर्दै  संक्रमण सयौं वा बढीमा आउने चिन्ता व्यक्त गरे।

श्रोत खुल्न नसकेका संक्रमणहरू हङकङ भरि फैलिएका छन्, जसमध्ये धेरै जसो संक्रमणमा कम वा कुनै लक्षणहरू देखिएका छैनन्। अधिक र अधिक यस्ता संक्रमणहरूबाट अरू थप संक्रमणहरूको संख्यामा तीव्र वृद्धि हुन सक्छ र यसले चिकित्सा सुविधाहरूमा तनाव उत्पन्न गराउन सक्छ उनले भनिन्।

एउटै दिशातर्फ फर्केका दुईवटा फ्ल्याटका बासिन्दाहरू संक्रमित भएपछि युन लङको बिक शुई एस्टेट, शुई पिन वाई एस्टेटमा सिधा प्रसारण भएको शंका गरिएको छ। यस्तो अवस्थामा बासिन्दाहरूलाई अन्यत्र स्थान्तरण गर्नुपर्ने हुन सक्छ।

थप एक कर्मचारी संक्रमित भएपछि, ओन याम एस्टेट, क्वाई चुङमा रहेको लाम वू होम फर द एल्डर्लीका ६० भन्दा बढी बासिन्दाहरूलाई पनि त्यहाँबाट हटाउन पर्ने भएको छ।

चुङ अन सपिङ सेन्टरको टाइम्स क्याफे र जोर्डनको लण्डन प्लाजामा रहेको सन सन रेष्टुरेन्टमा क्रमशः दुई र चार कर्मचारीमा संक्रमण देखिएको थियो।

हङ होम मार्केटमा रहेको माछा पसलमा दुई जनामा भाइरसको संक्रमण देखिएको हो । वेट मार्केट आज साँझ ६ बजे बन्द गरियो  र सर सफाईको लागि भोलिसम्म बन्द रहनेछ।

६ जना सफाइकर्मीहरू पनि संक्रमित भएका छन् । तिनीहरूले काम गर्ने स्थानहरूमा साइन्स पार्क, ल्यान्डमार्क, हङकङ एडभेन्टिस्ट अस्पताल- चुन वान,  छेवान शानको चे अन कोर्ट र ताइ वाइको सुन चुइ एस्टेट समावेश छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार