हङकङमा थप ३४२ जनामा सङ्क्रमण पुष्टि

हङकङमा आइतवार थप ३४२ जना कोभिड-१९ सङ्क्रमण पुष्टि भएसँगै लगातार दोस्रो दिन सङ्क्रमितको सङ्ख्या ३०० नाघेको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार, सबै संक्रमणहरू स्थानीय रहेका छन, जसमा १३६ अज्ञात श्रोतको रूपमा सूचीबद्ध छन् । चुन मुन र शा तिनमा कोरोनाभाइरस-ग्रस्त सार्वजनिक आवास सम्पदाहरूमा रातभरको तालाबन्दी सञ्चालनको क्रममा पन्ध्र संक्रमणहरू पत्ता लागेकोछ, जहाँ ७,२०० भन्दा बढी बासिन्दाहरूको परीक्षण गरिएको थियो ।

सबैभन्दा श्रोत पत्ता नलागेका जिल्लाहरू- शाम शुई पो,  शा तिन, काउलुन सिटी, क्वाई चिङ र वोंग ताई सिन रहेका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार