हङकङमा ३ वर्षीया बालिकासहित दुई जना कोभिड बिरामीको मृत्यु

कोभिड-१९ बाट सङ्क्रमित भएकी तीन वर्षीया बालिकाको त्यही साँझ मृत्यु भएको अस्पतालले मंगलबार जानकारी दिएको छ ।

बालिकालाई आइतबारदेखि हङकङ बाल अस्पतालमा सघन उपचार कक्षमा राखिएको थियो तर उनको अवस्था बिग्रँदै गएपछि मंगलबार राति ८:३७ बजे उनको निधन भएको थियो ।

यसैबीच, कोरोनाभाइरसको प्रारम्भिक परीक्षणमा पोजिटिभ देखिएपछि Tseung Kwan O अस्पतालमा भर्ना भएकी सय वर्षीया दीर्घरोगी महिलाको मंगलबार राति करिब ८ बजे निधन भएको हो ।

एक विज्ञप्तिमा, प्राधिकरणले भने कि “बिरामीहरूको यसरी मृत्यु हुनु दुखदायी छ र उनीहरूको परिवारलाई आवश्यक सहयोग प्रदान गर्नु पर्दछ।”

महामारी सुरु भएदेखि नै यी दुई बिरामीसहित सार्वजनिक अस्पतालमा कोभिड–१९ को परीक्षण पोजिटिभ वा प्रारम्भिक पोजेटिभ आएपछि २१७ जनाको मृत्यु भइसकेको छ ।

हालैका दिनहरूमा हङकङमा कोरोनाभाइरसबाट मृत्यु हुने ती बालिका दोस्रो बच्चा हुन्। पोक ओइ अस्पतालमा शुक्रबार मृत्यु भएका चार वर्षीय बालकमा पनि कोभिड पोजेटिभ देखिएको थियो। (आरटीएचके)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार