बिधायिका परिषदले २७ बिलियन हङकङ डलर स्वीकृत गर्यो

विधायिका परिषद्ले मंगलबार नयाँ कोरोनाभाइरस प्रकोपबाट प्रभावित व्यवसाय र व्यक्तिहरूलाई मदत गर्न र सामाजिक दूरीका उपायहरूलाई कडाई गर्न एन्टि-एपिडेमिक कोषका लागि सरकारले गरेको अनुरोध रकम हङकङ डलर २७ बिलियन अनुमोदन गरेको छ।

परिषदको वित्त समितिको ४.५ घण्टा लामो अनलाइन बैठकमा ५० भन्दा बढी सांसदले भाग लिएर विना विरोध प्रस्ताव पारित गरेका थिए ।

वाणिज्य र आर्थिक विकासका सचिव एडवर्ड याउले भने कि- यो कोष अन्तर्गतका यो नयाँ उपायले ६७,००० कम्पनीहरू र ७,५०,००० व्यक्तिहरूलाई मद्दत गर्न सक्छ।

नीति आविष्कार र समन्वय कार्यालयका प्रमुख डोरिस होले भने कि- अधिकारीहरूले कोरोना भाइरस संक्रमणको पछिल्लो लहरको प्रकोपमा बेरोजगार भएका प्रत्येक व्यक्तिलाई हङकङ डलर १०,००० को नगद अनुदान दिन सकेसम्म चाँडो काम गर्नेछन्।

होले भनिन- आवेदन प्रक्रिया अर्को महिना सुरु हुने अपेक्षा रहेकोछ, अधिकारीहरूले आवेदन प्रक्रिया सरल बनाउनेछन्।

एक विज्ञप्तिमा, प्रमुख कार्यकारी क्यारी लामले कोषको अनुरोध छिट्टै अनुमोदन गरेकोमा सांसदहरूलाई धन्यवाद दिनुभएकोछ।

उनले यसबाट प्रशासन र व्यवस्थापिका मिलेर समुदायको हितमा ठोस कदम चालेको देखाएको बताइन् ।

लामले सम्बन्धित सरकारी निकायलाई विभिन्न उपायहरु छिटो कार्यान्वयन गर्न निर्देशन दिने बताइन् । (आरटिएचके)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार