पिएचडि स्कलर राई उत्कृष्ट २०० युवा वैज्ञानिकमा, नोबेल लौरियटको अगाडि वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्ने

बगैंचा सन्चार हङकङ

हङकङ पोलिटेक्निक विश्वविध्यालयमा विद्यावारिधिका लागि अध्ययनरत डा. मिलन राई उत्कृष्ट २०० युवा वैज्ञानिक छनौटमा परेका छन् ।

हङकङ पोलिटेक्निक विश्वविद्यालयका प्रेसिडेन्ट एवम् वरिष्ठ प्राध्यापक र हङकङ विश्वविद्यालयका पूर्व उपकुलपति एवम प्राध्यापक लगालयत अन्य वरिष्ठ प्राध्यापकहरू रहेको साईन्टिफिक रिभ्यु बोर्डले उत्कृष्ट २०० युवा वैज्ञानिक छनौट गर्दा राई चिकित्साशास्त्र र जीव विज्ञानबाट उत्कृष्ट २०० मा पर्न सफल भएका हुन्।

हङकङ लौरियट फोरम परिषदले विश्वभरिबाट खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्र विषयमा अध्ययनरत र विद्यावारिधि सकेका ३५ बर्ष मुनिका युवाहरूबाट आवेदन माग गरेको थियो।

छनौट प्रकिया अनुसार पहिलो चरणमा खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्रका वरिष्ठ वैज्ञानिक र प्राध्यापकहरू सम्मिलित साईन्टिफिक रिभ्यु कमिटिले उत्कृष्ट आवेदकहरू छनौट गरेको थियो र पहिलो चरणमा छनौट भएकाहरू मध्येबाट दोस्रो चरणको लागि हङकङ पोलिटेक्निक विश्वविध्यालयका पूर्व प्रेसिडेन्ट एवम् वरिष्ठ प्राध्यापक र हङकङ विश्वविध्यालयका पूर्व उपकुलपति एवम प्राध्यापक लगालयत अन्य वरिष्ठ प्राध्यापकहरू रहेको साईन्टिफिक रिभ्यु बोर्डले उत्कृष्ट २०० युवा वैज्ञानिक छनौट गरेको थियो ।

हङकङ लौरियट फोरम हङकङ सरकारको सहयोगमा यहि बर्षको नोभेम्बर ७ देखि १२ तारिकमा हङकङ साईन्स पार्कमा वैज्ञानिकहरूको सम्मेलन हुनेछ ।

एकहप्ते सम्मेलनमा विश्वविख्यात नोबेल पुरस्कार र सपुरस्कार लगायत प्रतिष्ठित पुरस्कारबाट सम्मानित विश्वका वरिष्ठ वैज्ञानिकहरूको उपस्थिति रहनेछ।

उक्त विश्वविख्यात नोबेल पुरस्कारबाट सम्मानित विश्वका वरिष्ठ वैज्ञानिकहरूको अगाडि राईले आफ्नो वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्तादिन चल्ने सम्मेलनमा लागेको सबै व्यक्तिगत खर्च आयोजकले व्यहोर्ने भएको छ ।

हुने बिरूवाको चिल्लो पातभने जस्तै राई सानैदेखि बिभिन्न बैज्ञानिहरूको जीवनी पढ्न रुचाउँथे । उनि स्कूलमा निक्कै मिहिनेति र मेघावी विद्यार्थी थिए । काठमाण्डौं स्थित बोर्डिंग स्कूलमा अध्ययनरत राईले एसएलसी परिक्षामा ८९ प्रतिशत अंक लिएर उत्कृष्ट श्रेणीमा उतिर्ण भएका थिए । ११ र १२ कक्षासम्म काठमाण्डौमा अध्ययनरत उनी स्नातकतहको अध्ययनका लागि भारत गए र २०२० मा भारतबाट स्नातकतहमा दृष्टि विज्ञानमा गोल्ड मेडलिष्ट बनेका थिए ।

स्नातकतहमा गोल्डमेडलिष्ट विद्यार्थीले मास्टर्सतह अध्ययन नगरि सिधै PhD. अध्ययन गर्न पाउँने प्रावधान भएकोले हाल उनी हङकङ पोलिटेक्निक विश्वविद्यालयमा जलबिन्दु सम्बन्धि वैज्ञानिक प्रोजेक्टमा विद्यावारिधि गर्दैछन् ।

उनले स्नातक तहमा पढ्दै गर्दा विश्व दृष्टि सम्मेलन लगायत भारतको अरू धेरै सम्मेलनमामा कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।

२७ बसन्त पार गरेका राई आमा निरम राई र बुवा रूद्र बहादुर राईको जेष्ठ सुपुत्रको रूपमा काठमाण्डौको जोरपाटी, नारायणटारमा जन्मेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार