हङकङ सरकारले १० मार्च बिहीबारदेखि हेयर सेलुन खोल्ने अनुमति दियो

सरकारले १० मार्च बिहीबारबाट हेयर सेलुनहरू पुनः खोल्न सक्ने बताएको छ, तर अन्य सामाजिक दूरीका प्रतिन्ध भने कम्तिमा मार्च २३ सम्म विस्तार गरिनेछ।

स्वास्थ्य अधिकारीहरूले मंगलबार भने कि मानिसहरूलाई कपाल काट्नको लागि नितान्त आवश्यकताछ भन्ने कुरालाई ध्यानमा राख्दै, साथै खोप पास योजनाको सहज कार्यान्वयनलाई ध्यानमा राख्दै, हेयर सेलुनहरूलाई व्यवसायको लागि फेरि खोल्न अनुमति दिएको हो

तर अधिकारीहरूले भनेका छन्- ग्राहकहरूले LeaveHomeSafe एप प्रयोग गर्न आवश्यक छ र कम्तिमा कोविड-19 को एक डोज खोप लिईको हुनुपर्छ र उक्त खोप लगाईको प्रमाण कर्मचारीहरूले ग्राहकहरूलाई अनुमति दिनुअघि जाँच गर्नुपर्ने छ।

अधिकारीहरूले भने- हङकङको महामारीको अवस्था गम्भीर रहेकोले सरकारले समुदायमा भाइरस सर्ने जोखिमलाई व्यवस्थापन गर्न कडा सामाजिक दूरी नियमहरू कायम गर्न आवश्यक छ।

हालको प्रतिबन्धहरू तत्कालका लागि रहनेछन्, साँझ ६ बजे पछि रेष्टुरेन्टहरूमा खाना नपाउने, मनोरन्जन स्थलहरू र जिमहरू बन्द गर्ने लगायत छन्

स्मरण रहोस, गत हप्ताको तुलनामा कोविड १९ संक्रमणको संख्या ५० प्रतिशतले कम भएको देखिएको छ।(आरटीएचके)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार