नेपाल चेम्बर अफ कमर्स हङकङको अध्यक्षमा लव कुमार गुरुङ

  टोपबहादुर याक्खा

२५ जुन, हङकङ– नेपाल चेम्बर अफ कमर्स हङकङको ५ औं अधिवेशन मार्फत अध्यक्षमा लव कुमार गुरुङ निर्विरोध चयन भएका छन् । संखुवासभा स्थायी ठेगाना भई लामो समय देखि हङकङमा आशिम कन्सलट्यान्सि कम्पनी एण्ड एन्ट्राटिक कन्स्ट्रक्सन लिमिटेड लगायत विभिन्न व्यापार व्यावसाय गर्दै आएका गुरुङ चेम्बरका निवर्तमान उपाध्यक्ष समेत हुन ।
शनिबार जोर्डनस्थित ब्लु ओशियन रेष्टुरेण्ट एवं बारमा सम्पन्न ५ औं अधिवेशन मार्फत अध्यक्षमा लव कुमार गुरुङ लगायत सम्पूर्ण १० सदस्सिय कार्य समिति सर्व सम्मतबाट चयन भएका हुन् ।
यसरी चयन हुने पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा लव कुमार गुरुङ, उपाध्यक्षद्धयमा धरम कुमार गुरुङ र धिरज कुमार राई, महासचिवमा सशी मदन राई, कोषाध्यक्षमा इन्द्रा गुरुङ रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा क्रमशः धुण्डिराज ज्ञावली, प्रकाश गुरुङ (जे.पी.), विष्णु कुमार गुरुङ, बर्दन गुरुङ (डेन्नि) र तिर्थ राज गुरुङ (जिवन) रहेका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार