साहित्य श्रृंखलाको सह–संयोजकमा अरुणा शर्मा

  टोपबहादुर याक्खा

२६ जुन, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको सह–संयोजकमा साहित्यकार अरुणा शर्मा सर्व सम्मतबाट चयन भएकी छिन् ।
पहिलो चरणको कार्यक्रममा व्यक्तिगत कारणले निवर्तमान सह–संयोजक गीता अधिकारी केही महिना अगाडी हङकङ छाडी नेपाल गएसंगै रिक्त रहेको उक्त पदमा साहित्य श्रृंखलाका संयोजक, संरक्षक, सल्लाहकार तथा सदस्यहरुद्धारा सर्व सम्मत रुपमा साहित्यकार अरुणा शर्मालाई चयन गरिएको श्रृंखलाका सल्लाहकार डी.बी. पालुङवाद्धारा घोषणा गरेसंगै खदा लगाएर सम्मान गरिएको थियो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न दोस्रो चरणको कार्यक्रममा हङकङबासी साहित्यकार रामकृष्ण वान्तावाको उपन्यास ‘आमालाई चिठ्ठी’, दक्षिण कोरियामा कार्यरतद्धय दिपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ र दिलिप राईको कथा संग्रह ‘ताल्चा’ सार्वजनिक गरिएको थियो ।
नव संयोजक अरुणा शर्माद्धारा संचालित कार्यक्रममा कवि तथा साहित्यकारहरु नारायण भण्डारी, रोशन याक्सो, विष्णु ईङनाम, वाल कवि सुनिस्का याक्खा, बिसु साम, डोम राना, नरेन्द्र गुरुङ, डी.बी.पालुङवा, टी.बी.याक्खा लगायतले सृजना वाचन तथा साहित्यिक मन्तव्य राखेका थिए । सोही क्रममा श्रृंखलाका संरक्षक राज कुमार राई तथा पूर्व संयोजक एवं सल्लाहकार दीपा एवाई राईले सृजना वाचन संगै समग्र कार्यक्रमा बारे टिप्पणी राखेका थिए भने संयोजक रमण गुरुङद्धारा आफ्नो भनाईहरु राख्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १० वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको साहित्य श्रृखला कोभिड–१९ का कारण विगत २०२१ को डिसेम्बरयता ६ महिना पछि पहिलो पटक संचालन गरिएको हो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार