हङकङ साहित्य श्रृंखलाद्धारा भानु जयन्तीसंगै ३ पुस्तक सार्वजनिक गर्यो

  टोपबहादुर याक्खा

३१ जुलाई, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा ११० औं श्रृंखलामा २०९ औं भानु जयन्ती मनाउँनुका साथै नेपालका साहित्यकारहरुबाट प्राप्त ३ वटा पुस्तकहरु एकसाथ सार्वजनिक गर्यो ।
पहिलो चरणको कार्यक्रममा श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा आदिकवि भानुभक्त आचार्यको जीवनी सुनाएसंगै उपस्थित साहित्यकारहरुद्धारा श्रृंखलाका संयोजक समेत रहेका चर्चित चित्रकार रमण गुरुङद्धारा चित्रित भानु भक्त आचार्यको तस्विरमा फूल गुच्छा चढाएका थिए ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा नेपालका चर्चित कवि चन्द्र गुरुङको कविता पछिल्लो कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’, त्यस्तै गरी अर्का चर्चित कवि श्रवण मुकारुङद्धारा सम्पादित विभिन्न कविहरुको कविता संग्रह ‘क्वारेन्टिनबाट कविता’ र सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ सामूहिक रुपमा सार्वजनिक गरिएको थियो भने उक्त पुस्तकहरु माथि कवि तथा कथाकार दाजु गुरुङ र दीपा एवाई राईले टिप्पणी राखेका थिए ।
सोही क्रममा कार्यक्रमा उपस्थित कवि तथा साहित्यकारहरु नारायण भण्डारी, रोशन याक्सो, वाल कवि सुनिस्का याक्खा, नरेन्द्र गुरुङ, डी.बी.पालुङवा, नरजित राई, सुनिता गिरी, पूर्णिमा शाह, अरुणा शर्मा, भूपेन्द्र चेम्जाङ, मञ्जु थापा, ईन्द्र राना, मोती चाम्लिङ लगायतले भानु भक्तसंग सम्बन्धित तथा अन्य सृजना वाचन तथा साहित्यिक मन्तव्य राखेका थिए ।
जोर्डनस्थित नयाँपेजको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष रमण गुरुङद्धारा सृजना वाचन सहित आफ्नो भनाईहरु राख्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेसंगै साहित्य श्रृंखला परिवारद्धारा वाल कवि सुनिस्का याक्खाको जन्मोत्सवको अवसरमा केक काटेर जन्मदिन मनाउँदै शुभकामना तथा शुभार्शिवाद दिइएको थियो भने
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १० वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार